सम्पर्क

चौतारामा मनोपरामर्श सेवा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार बिभिन्न कारणले मानसिक समस्यामा परेकाहरुलाई मनोपरामर्श सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ ।
नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उपप्रमुख सिता थापाको अध्यक्षतामा नगरका मानसिक समस्यामा परेकाहरुलाई मनोपरामर्श सेवा प्रदान गरिएको हो । सो अबशरमा नगर प्रमुख सापकोटाले बिभिन्न कारणले जोखिममा परेका ब्यक्तिहरुको समस्याका समधान गर्देै उँहाहरुको हितका लागी आफुले अरु बिषयमा भन्दा बढी समय दिएर नगरबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउँनु भयो । उहाँले यो समस्या रहरले आउँने नभई बाध्यता र मनोवल कमी भएकाहरुमा आउँने भएकोले यसको उपचार सँगै समस्या आउँन नदीनका लागी नगरपालिका लागी परेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले कसैले पनि नदेख्ने खतारनक समस्या भनेको मानसिक समस्या भएकोले यो समस्या आउँन नदीने तर्फ लाग्न पर्ने बताउँदै हेर्दा घर भत्किए देखिने, सडकको पिच उप्किएपनि देखिने हरेक प्रकारका समस्या देखीने तर तर मन र दिमाग भत्किए नदेख्ने समस्या बढेपछि नगरले यो कार्यक्रमको थालनी गरेको बताउँनु भयो ।
सो अबशरमा उपप्रमुख थापाले नगरपालिकामा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर ३ जना मनोविमर्शकर्ता समेतले काम गरिरहेको बताउँनु भयो । उहाँले कुन ब्यक्तिलाई के समस्या छ भनेर देख्न र समस्या समाधानका लागि समस्या परेका मानिसले आफु नजीकको साथिसँग आफुलाई परेको समस्या बताउँन पर्ने बताउँनु भयो । कार्यक्रममा अधिबक्ता एवम् मनोविमर्शकर्ता नानी मैया थापाले यस्ता मानसिक समस्यामा परेका मानीसहरुले आफ्ना समस्याहरु नजीकका साथीहरुको माध्ययमबाट बाहिर लगेमा यो रोग नलाग्ने र लागी हाले पनी छिटै उपचार हुने बताउँनु भयो । उहाँले मानसिक स्वास्थ्य समस्यामा परीरहेकाहरुलाई तनावको अवस्थामा नकारात्मक भावनालाई विभिन्न माध्यमबाट बाहिर निकाल्न अनुरोध गर्नु भयो । कार्यक्रममा चौतारा अस्पतालका डाक्टर अमरदिप कुमार शाहले समस्यामा परेका हरेक नागरिकहरुलाई एकद्वार संकट ब्यवस्थापन कार्यक्रमबाट निशुल्क सेवा उपलब्ध भईरहेको बताउँनु भयो । उहाँले औषधीका साथै मनको कुरा अरुलाई बाड्न सकेमात्र यसको उपचारमा सहज हुने बताउँनु भयो । मानसिक स्वास्थ्य समस्यामा केन्द्रित रहेर चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको लैङ्गिक हिंसा, मानव बेचविखन तथा जोखिममा परेका महिलाहरुको उद्धार तथा संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस अन्तरगत अहिले सम्म ३ सय ५० हाराहारीमा नगरभित्रका मानसिक समस्यामा परेकाहरुले सेवा पाएको मनोविमर्शकर्ता सिता श्रेष्ठको भनाई रहेको छ । मानसिक स्वास्थ्य समस्या भएका तर लुकेर बसेका विरामीहरु अझ द्येरै रहेको उहाँको तर्क रहेको छ । सञ्चार कर्मी दिपक खत्रीका अनुसार मनोपारमर्श सेवाको प्रभावकका कारण नगरमा यस्ता समस्यामा परेकाहरुको मुहार फेरिएको छ । हेर्दा दुब्लो र पातलो शरीर, परिवर्तन नाम (बीनीता) उमेरले २८ पुग्नु भयो । चौतारा साँगाचोकगढीकी बीनीताको १४ बर्षको कलिलो उमेरमा आफुखुशी अन्तरजातीय बिवाह भयो । विवाह पछिको दिन एकातिर बाबुआमाको डर अर्कोतिर टाढाको बाटो भएकाले माइतीको आँगन टेक्न सक्नु भएको छैन। अहिले उहाँको १३ र ६ बर्षकी दुई छोरी हुनुहुन्छ । वर्ष दिन अघि बीनीता मुटुमा समस्या भएर धुलीखेल अस्पताल जँचाउन जानु भयो । मुटुको भल्बमा मासु पलाएको डाक्टरले भने । केहि वर्ष अघि मात्र छोरीको एउटा फोक्सो सुकेको कारणले उपचार गर्दाको ऋण ५ लाख थियो । ऋण तिर्नकै लागी उहाँका श्रीमान कतारमा जानु भएको थियो ।मुटुको रोग, घरको कमजोर आर्थिक अबस्था, श्रीमान बिदेश बीनीताको दिनचर्या रोएर बित्न थाल्यो । मर्छु भन्ने सोचाइको कारण उहाँले श्रीमानलाई घरमा आउनु भनेर दबाब दिन थाल्नु भयो । पिरै पिरले मन भत्किएपछि उँहा मानसिक समस्यामा पर्दै जानु भयो । त्यतीकैमा चौतारा साँगाचोकगढी नगरपालिकाकी मनोपरामर्शकर्ता रजनी शर्मासँग बीनीताको भेट भयो । बिनिताले मनका कुरा खोल्न र आफ्नो कुरा सुनाउन थाल्नु भएको छ। अहिले नियमित जाँचगर्ने औषधी खानुपर्ने ज्ञान भएको छ । हिजोआज भने आफुसँग बोल्ने तरिकामा पनी फरक पाएको विदेशमा रहेका उहाँका श्रीमानको प्रतिक्रिया छ । बीनीतासँगको ७ पटक सम्मको घरभेटमा गरीएको कुराकानीले हिजोआज बिनिता फरक देखिन थालेको मनोविमर्शकर्ता शर्माको भनाई रहेको छ । श्रीमती हाँसेर बोलेको सुन्दा छोरीहरु र श्रीमान अचम्मित छन् । घरभेटमा ब्यक्तिगत हेरचाह,शरिर नियाल्ने अभ्यास गर्दा उहाँमा बिस्तारै परीबर्तन आएको मनोपरामर्शकर्ता शर्माको कथन छ । हिजो मर्ने सोच बनाएको बिनीताले आजकल केही गर्नपर्छ भन्ने सोचाइको कारण २० हजारको ३ वटा बाख्रा पाल्न सुरु गरेको बताउँनु भयो । हाँस्न पनी बिर्सन थाल्नु भएको बिनीता हिजोआज परिवार र छिमेकीको नजरमा फरक देखिन थाल्नु भएको छ । “परामर्शले साँच्चै नै मलाइ मलमपटीको काम गरेको छ । हिजोआज त निन्द्रा पनी लाग्न थालेको छ बिनिताको भनाइ रहेको छ । उहाँले यस्ता समस्यामा परेका धेरै हुन सक्छन यस्ता समस्यामा पर्न लागेका र परिसकेकाहरुको पहीचान गरी समस्या समाधानका लागी पहल गर्नका लागी परामर्श दता हरु सँँग सम्मन्वय गराउँन सबैले लागी पर्न पर्ने सरोकारवालाहरुले बताएका छन् ।