सम्पर्क

सामूहिक आमरण अनशनसँगै संयुक्त संघर्ष समितिको मौन जुलुस,

राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा सामूहिक सत्याग्रह सुरु गरेका छैटौं दिनमा कालो पट्टी बाँधी कलंकी चोकमा मौन जुलुस गरेको छ ।अनशन बसेको आज छैटौं दिन सम्म पनी सरकारका तर्फबाट कुनै उपस्थिति भएको छैन ।   अनशनकारीको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको अवस्था छ । जनताको पिडा र आम नागरिकको समस्यामा सहन नसक्ने भयो भन्दै कलंकी चोकमै आन्दोलनकारीले रुँदै आफ्नो पिडा व्यक्त गरेका थिए ।अन्धो सरकार आँखा खोल, कलंकीमा बसेका आमरण अनशनकारीको मागहरू पुरा गर , युवा बेच्न बन्द गर जस्ता पम्पपेलेट टासी आँखामा कालो पट्टी बाँधेर गरिएको मौन जुलुस कलंकी चोकमै कोड सभामा परिणत भएको हो ।स्वर्ग जस्तो देशका नागरिक आज बाच्नकै लागी बिदेशिनु पर्ने, आफ्नै देशमा केहि गरेर खान्छु भन्दा काम गरि खाने वातावरणा नदिने, दिनप्रतिदिन नेपाली नागरिक पलपलमा मर्नुपरेको आन्दोलनकारीको  आरोप छ । हाल सामूहिक सत्याग्रहमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाका प्रतिनिधि समेत गरी नौ जना `चन्द्रबहादुर थापा (सागर ), बिन्दु थापा केसि, द्रोण सुवेदी, सुवास श्रेष्ठ, हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोख्रेल, शेरबहादुर साउद र पार्वती पुलामी रहेका छन् । उनीहरूको समर्थनमा दैनिक हजारौँको संख्यामा व्यवसायी तथा आम नागरिक उपस्थित भइराखेका छन् ।

Himal multimedia