सम्पर्क

विचार

योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो ःबस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो  भन्नु भएको छ। उँहाले बाह्रबिसे नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा आईतबारबाटसुरु भएको योग को शुरु गर्दै यस्तो बताउँनु भएको हो ।      बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा खुल्ला योग विज्ञान शिविर कार्यक्रम सञ्चालन भएको छ । विहान ५ बजेदेखी सुरु भई ७ बजे सकेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको बताउँनु भयो ।उँहाले योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ । धेरैले कुनै पनि ...

 चीनलाई चूनौति दिन अमेरिका भियतनामलाई साथ लिन चाहन्छ

विचार
लोकनारायण सुबेदी आजभन्दा छ दशक पहिला बिश्वभरीका प्रायः सबै देशहरुमा प्रगतिशील यूवा समुदायले बेग्ला बेग्लै भाषामा भए पनि एउटै नारा लगाएको पाइन्थ्यो । त्यो नारा थियो – ‘तिम्रो नाम मेरो नाम ः भियतनाम भियतनाम’ । बिश्वका कतिपय देशका प्रमुख शहरहरुमा त यस्तो नारा ठूलो जुलुकासाथ त्यतिबेला लगाइने गरिन्थ्यो । काठमाण्डौमा पनि तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पाइरो टी एग्न्यू काठमाण्डौ भ्रमणमा आएको बेला म समेत केही नेपाली यूवाहरुले यो नारा लगाएर भियतनाममाथि बम बर्षाको बिरोध गरेको थियो । अमेरिकाले भियतनाममााथि त्यतिबेला नापाम बम बर्षाएर घोर तथा क्रूर अमानबीय आक्रमण गरिरहेको थियो र सारा संसार अमेरिकी हमलाका बिरुद्ध भियतनामको पक्षमा एक ढिक्का भएर उभ्भिएको प्रतीत हुन्थ्यो । सुप्रसिद्ध भियतनामी नेता हो चिमिन्हको नेतृत्वमा बिश्व साम्राज्यबाद बिरोधी बहादुर भियतनामी जनताको कठोर संघर्ष र  त्यसप्रति बिश्व जन ...

मेलम्ची बगुवा कालोपत्रको शिल्यान्यास छिटो र गुण स्तरियकाम गर्न तमामाङको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची देखी नबलपुर हँुदै चौतारा जाने सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सडकको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङले शिलान्यास गर्नु भए पछी उक्त सडक कालोपत्र हुने भएको हो ।बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।   मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो । नाग पञ्चमिको अवसर...

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला असोज १२ गते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १२ गते शुक्रबार जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको जिल्ला सचिव तारा रानाको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । बैठक बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका)को अध्यक्षतामा बसेको बैठकलाइ सम्बोधन गर्र्देै प्रमुख अतिथी नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नु भयो । “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ भन्दै नेपालले जस्...

‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानआर्कषण समेत गराउनुभयो । आयोगका प्रमुुख सूचना आयुक्त महेन्द्रमान गुरङ्ले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपमा जोड दिनुभयो । उहाँले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझन नहुने बताउनुभयो । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वतः सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी संरच...

देश छाड्ने लहर

विचार, साहित्य
अशोक "एपी दर्पण" उहिले हजुरबाहरु मुग्लान पस्थे रोजगारीका निमित्त भारत जान्थे अलि पछि हजुरबाका छोराहरु बा हरु खाडी तिर जान थाले बा हरु खाडी मै छन् अहिले छोराछोरीहरु युरोप अमेरिका अस्ट्रेलिया जाँदैछ्न् उहिले हजुरबाहरु गएका थिए अलिपछि बा हरु गए अहिले छोराछोरी जाँदैछन् जाने गन्तव्य फरक भएको छ जाने बाटो अलि फरक छ देश त हजुरबाले पनि छाडेका थिए बा ले पनि छाडेका थिए अहिले छोराछोरीले छाड्दैछन् । हजुरबा हरु सन्तान भेट्न कोसेली बोकेर घरमा आउँथे अहिले छोराछोरीहरु उतै रमाउँछ्न आफ्ना बा आमालाई भेट्न घुम्न उतै बोलाउँछ्न । हजुरबाहरुको पालामा हुलाकीले खामबन्दी पत्र ल्याउँथे बाहरुको पालामा शहर बजारमा टेलीफोन आयो अहिले छोराछोरीको पालामा सबैका हातहातमा मोबाइल छ । हजुरबा ले एक महिना अघि मलाई सन्चै छ भनेर लेखेको चिठी पढ्दा सबै खुशी हुन्थे बा ले महिना दिनमा पल्लो गाउँको स...

‘नयाँ शीतयुद्ध’को विरोधगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

विचार
लोकनारायण सुबेदी चीनको प्रतिष्ठित आधिकारिक पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयले १५ अगस्टका दिन अन्तर्राष्ट्रिय स्थितिका बारेमा एउटा महत्वपूर्ण सम्पादकीय लेख्दै नयाँ शीत युद्धको बिरो गर्न अन्तर्राष्ट्रिय समुदायलाई बिशेष आग्रह गरेको छ । वेब सम्पादकः झोंग वेनशिङ, लियांग जुनले गरेको त्यो आग्रहमा यतिबेला शीत युद्धमा झोक्न अमेरिका, जापान र दक्षिण कोरिया मिलेर गर्न थालेका त्यस्ता गतिहरुको बारेमा उल्लेख गर्दै त्यसको बिश्वमा पर्ने नकारात्मक प्रभावले बिश्व साझा भबिष्यमाथि नै दख्खल पुग्ने हुँदा त्यसको बिरोध गरिनु पर्ने जनाइएको छ। त्यस सम्पादकीयमा भनिएको छ – ‘‘राजनीति र कूटनीति, अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र तथा संयुक्त राज्य अमेरिकामा सेनाको तीन प्रमुख क्षेत्रहरूका हालैका घटनाहरूलाई एकसाथ जोडेर हेर्ने हो भने, त्यहाँ एक डरलाग्दो खोज हुनेछ। यसै साता अमेरिका, जापान र दक्षिण कोरियाका नेताहरूले क...

ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्दै

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाण्डौं । काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्याहरु समाधानका लागि संयुक्त कार्यदल बनाएर समस्याको समाधान गरिने काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पोषराज पोखरेलले बताउँनु भएकोछ ।सोमबार काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्याहरु समाधानका लागि लागि कार्यदल बनाउने प्रस्ताव डिआइजी पोखरेलले गर्नु भएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिहरुको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको त्यसपछि समस्याहरु झन थपिएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महि...

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार
  ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ । समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्र...

भोटेकोशीका विद्यार्थीले छात्रवृत्ति सहित रसियामा पढ्न पाउँने

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा र रसियाका राजदुत महामहिम आलेक्सी या नोभिकोव (Mr. lAekseif\ A. Novikov ) बिच भेटवार्ता भएको छ । यहि श्रावण २८ आइतबार भोटेकोशी गाउँपालिका कार्यालयमा नेपालका लागि रसियाका राजदुत महामहिमसँग भएको भेटमा राजदुतले भोटेकोशी गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने व्यवस्था मिलाउँने प्रतिबद्धता जनाएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दुई पक्षबिच भेटवार्ता तथा समसामयिक छलफलका क्रममा रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने, लगायतका विषयमा राजदुतले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राजदुतलाई अध्यक्ष शेर्पा लगायत गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेत तथा पालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । &nb...