बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुभ्यालिका स्थानीयबासिहरुको आवश्यकता अनुरुप “स्थानियले स्थानिय स्तरमै सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ सेवा उपभोग गर्न पाउनुपर्छ” भन्ने लक्ष्यका साथे निर्माणाधिन एकीकृत सेवा केन्द्रको भवनमा अत्याधुनिक प्रबिधीयुक्त मेडिकल ल्याव स्थापना गरि संचालन गर्नको लागि आफुले पहल गरिरहेको बताउनुभयो । माननीय तामाङ (समीर)ले मेलम्ची –३,हैबुङ्गमा निर्माणाधिन एकीकृत स्वास्थ सेवा केन्द्रको अवलोकन गर्ने क्रममा यस्तो बताउँनु भएको हो ।
अबलोकनका क्रममा प्राबिधिक टोलिलाई सांसद तामाङले स्वास्थ्य मन्त्री मोहन बस्नेतको निर्देशनमा आफुले सिन्धुपाल्चोकको विकासका लागी निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ (सिन्धुभ्यालि) लाई समेट्ने गरि मेलम्ची –३,हैबुङ्गमा एकीकृत स्वास्थ सेवा केन्द्रको भवन निर्माधिन अवस्थामा रहेको भवनमा मेडिकल ल्याव स्थापना गर्नको लागि अवलोकन तथा निरीक्षण गरिएको तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । उँहाका अनुसार निरिक्षणमा मेलम्ची –१,का वडाअध्यक्ष कृष्णमुरारी चौलागाईं ,मेलम्ची–२,का वडाअध्यक्ष नगेन्द्रप्रसाद खतिवडा ,मेलम्ची –३,का वडाअध्यक्ष कुमार बन्जारा,मेलम्ची–४,का वडाअध्यक्ष संजीव तामाङ ,मेलम्ची –५,का वडाअध्यक्ष राजु रायमाझी ,नेपाली काङ्ग्रेस मेलम्ची नगरसभापति एवं मेलम्ची –३,का निवर्तमान वडाअध्यक्ष बसन्त गुरुङ,नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि राजु गुरुङ,एकीकृत सेवा केन्द्रका स्वास्थकर्मी लगाएतको स्थानियबासिहरुको उपस्तिथिरहेको थियो । यसै बिच सांसद तामाङ सहितको टोलीलाई मेलम्ची नगर अस्पतालले स्वागत गरेको छ । अनुगमनका क्रममा वडा नम्बर ११का अध्यक्ष चन्द्रबहादुर तामाङ सहित पुग्नुभएका तामाङको टोलीलाई अस्पतालका प्रमुख डा.श्रीराम अर्याल सहित अस्पतालमा कार्यरत स्वास्थकर्मी हरुर्ले स्वागत गर्नुभएको हो ।स्वागत पश्चात् मेलम्ची नगरप्रमुख आइतमान तामाङको समन्वयमा अस्पताल संचालक समितिका अध्यक्ष एवम् वडा अध्यक्ष चन्द्रबहादुर तामाङ,प्रशासन प्रमुख,स्वास्थकर्मिहरु र प्राबिधिक टोलिको साथमा सांसदले अस्पतालको अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।साथै अस्पतालमा अत्याधुनिक प्रबिधीयुक्त मेडिकल ल्याव स्थापना गर्नको लागि छलफल समेत भएको स्वकिय सचिव राउतले जानकारी दिनुभयो ।
