पृथ्वीजंग पाण्डे
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको तेह्रौं पुर्ण बैठक, खुल्ला रक्तदान कार्यक्रमका साथै नेपाल शिक्षक संघ जुगलको छैटौं प्रतिनिधि सभा रत्न राज्य माध्यमिक विद्यालय जुगल – ५ चनौटेमा सफलताका साथ शनिबार सम्पन्न भएको छ । शुक्रबार पुर्ण बैठक राखिएको थियो भने शनिबार रक्तदान कार्यक्रम राखिएको नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष ऋषिराम पौडेलले बताउनु भयो । खुला रक्तदान कार्यक्रममा शिक्षक कर्मचारी गरि ३० जनाले रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र भक्तपुर शाखाको प्राविधिक सहयोग र नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको आयोजनामा भएको रक्तदान कार्यक्रममा शिक्षक, कर्मचारी लगायत स्थानीयले रक्तदान गरेको जिल्ला सचिव रुद्र कार्कीले बताउनु भयो ।
नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष ऋषीराम पौडेलको अध्यक्षतामा भएको जिल्ला कार्यसमितिको बैठकले शिक्षक कर्मचारीको हकहितमा हुनेगरी विभिन्न महत्त्वपूर्ण निर्णय गरेको थियो।बैठकमा प्रमुख अतिथिको रुपमा नेपाल शिक्षक संघ संघीय कार्यसमिति सदस्य तुलसी प्रसाद दंगाल हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभडेल, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापा, नेपाली कांग्रेस जुगल सभापति सगुन श्रेष्ठ लगायत जिल्लाको बाह्रवटै स्थानीय तहको पदाधिकारी लगायत अन्य शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।
