सिन्धुपाल्चोकजिल्लाको चौतारामा जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतीयोगिता शुक्रबार बाट शुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा प्रतियोगिता शुरु भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजन तथा हिराहरी तेक्वान्दो डोजाङ्गको आयोजनामा सन्चालित प्रथम हिराहरि जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०८० प्रतियोगिताको अध्यक्षता भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले गर्नु भएको थियो । जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी र बागमती खेलकुद परिषदका सदस्य निरन्जन थापा मगर,जिल्ला तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापा, हिरा बहादुर गुरुङ , हरिमाया गुरुङ पत्रकारहरुमा ज्ञानेन्द्र तिमल्सिना र निर्मल बस्नेत , जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका उपाध्यक्ष गंगा तामाङ , सचीव सुशील भुजेल , सह सचिब कुमार बस्नेत ,प्रतियोगिताको जुरि राजेन्द्र पुजारी, हिराहरी तेक्वान्दो डोजाङ्गका सल्लाहकार समितीका संयोजक सुबर्णलाल श्रेष्ठ ,उपाध्यक्ष हरिमान श्रेष्ठ, सदस्य प्रकाश श्रेष्ठ, अभिभावक तथा खेलाडीहरुको उपस्थितिमा कार्यक्रमको पहिलो दिन सम्पन्न भएको छ । प्रतियोगिताको उद्धघाटन गर्दे खेलाडीहरु राष्टका गहना हुन त्यसैले स्थानीय स्तर देखी यसको मलजल गर्नु पर्छ भन्नु भयो । उँहाले स्थानीय स्तरबाट नै खेलाठीहरुको खेललाइ सम्म्मान गर्नु पर्ने बताउँनु भयो । यसै गरी कार्यक्रममा जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले तेक्वान्दो खेलबारे महत्त्वपूर्ण भनाइ राख्दै हरेक खेलाडीहरु अनुशासित हुन्छन र अनुशामसित पनी रहन पर्ने भन्दै ससांरका नागरिकहरुले अनुशासन भनेको केहो भनेर जान्नका लागी खेलाडी सम्झन पर्ने गरी अनुशासित ढङ्गबाट खेल खेलेर सफलता हात पार्न पर्ने बताउँनु भयो । प्रतियोगिताको उद्घाटन सत्रमा संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले स्वागत मन्तव्य राख्नुका साथै मातापिताको सम्मानमा उहाँहरुकै नामबाट डोजाङ्गको नाम हिराहरि राखीएको जानकारी दिनु भयो ।पिता हिराबहादुरको हिरा र माता हरिमायाको हरि नाम संयोजन गरि हिराहरि राखिएको बताउँनु भयो । श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सन्चालित प्रतियोगितामा क्योरुगी फाइट विधाका सम्पुर्ण सेमिफाइनल खेलहरु सम्पन्न भएको छ । अब हुने फाइट विधाका फाइनल खेलहरु र पुम्से विधाका सम्पुर्ण खेलहरु शनीबार खेलाइनेछ । जम्मा ८ टिमका १०३ खेलाडीहरुको सहभागी रहेको थियो । जसमा आयोजक ए, आयोजक बि –चौतारा, तातोपानी डोजाङ्ग– तातोपनी , सेतिदेबी डोजाङ्ग – लामोसाघु, बार्हबिसे डोजाङ्ग ए बार्हबिसे डोजाङ्ग बि– बार्गबिसे, जुगल बोर्डिङ बिद्यालय– चौतारा , बनदेबि बिद्यालय– चौतारा रहेको थियो ।उद्घाटन सत्र कार्यक्रम चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सचिव अशोक पराजुलीले संचालन गर्नू भएको थियो ।
