सम्पर्क

व्यवसायी मैत्री कानुन निर्माण गर्दै छौ ः मन्त्री चित्रकार

वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोो । उँहाले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सवैले जोड दिनुपर्ने बताउँनु भयो । सो अबशरमा मन्त्रि चित्रकारले वजार अनुगमन ऐन २०७५ ले संस्थागत बिकास गर्न नसकेकोले नयाँ निर्देसिका जारी गर्ने तयारीमा रहेको समेत जानकारी दिनु भयो । उहाँले सिन्धुपाल्चोकको नदीहरुमा निर्माण गरिएको क्रसर उद्योगहरुले प्राकृतिक स्वरुप बिगारेको पाएकोले यसप्रति व्यवसायीहहरुलाई ध्यान दिन समेत अनुरोध गर्नु भयो । उहाँले उद्योग र उद्योगीमा विभिन्न समस्या र जटिलता आएको अवस्थामा अब प्रदेश सरकारले ती समस्या समाधानका लागि आवश्यक नीति नियम कानुन निर्माण गरी सहजता बनाउने बताउनुभयो । हामी छिट्टै नै विद्येयक अधिवेसनमा जादैँछौ त्यस बखत साना तथा ठुला उद्योगलाई लक्षितगरी आवश्यक कानुन र नीति निर्माण गर्नेछौँ, मन्त्री चित्रकारले भन्नुभयो । उद्योग सञ्चालनले रोजगारको सिर्जना गरिनुका साथै देशको अर्थतन्त्र बलियो हुने उहाँले बताउनुभयो । प्रदेश सरकार औद्योगिककरण र गरिबी निवारण तर्फ ध्यान दिएको बताउँदै उद्योगको क्षेत्र विस्तार र बन्द भएका उद्योग सञ्चालनमा सरकारको ध्यान गएको बताउनुभयो । लक्ष्यप्राप्तिका लागि उद्योगीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै घरेलु उद्यामीलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै क्षेत्र विस्तारमा सरकार साथमा रहने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा बिशेष अतिथी जिल्ला समन्वय समितिका प्रमुख वालकृष्ण श्रेष्ठले समग्रमा सिन्धुपाल्चोक जिल्लाका साना उद्योगीहरु समस्यामा परेका छन यस बिषयमा ध्यान दिन पर्ने बताउँनु भयो । कार्यक्रममा उप प्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्त्रर ५ का अध्यक्ष सिव श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका कार्यकारी समिति सदस्य उजारसिं तामाङ, जिल्ला घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उष तामाङ, उघु उद्यमी संघ सिन्धुपाल्चोकका अध्यक्ष सानुमाया गुरुङ र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कार धितालले व्यवसाय हकहित र उद्योगको बिकास संरक्षण र प्रवर्धनको पक्षमा जोडदार आवाज उठाउँनु भएको थियो । उहाँहरुले व्यवसायीहरु दोहोरो करको मारमा परेको, दर्ता नविकरणमा कानुनी कठिनाई झेल्नुपरेको स्थानीय तहमा दर्ता भएको व्यवसायलाई बैंक तथा बितीय संस्थाले कर्जा नदिएको,जिल्लमा पनी कर स्थानीयमा पनी कर गरेर तिन ठाँउमा कर तिर्न परेको ले व्यवसायी मारमा परेको बताएँनु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले कार्यालयले अघिल्लो वर्ष सम्पादन गरेको कामहरु र यसवर्षको योजना बारे पावर प्वाईन्टमा प्रस्तुत गर्नु भएको थियो । काफ्लेले प्रस्तुत गरेको विवरणमा जिल्लाभरमा ३ हजार ६ सय ४५ उद्योग र ३ हजार १ सय ५० वटा वाणिज्यको फर्म दर्ता भएको जानकारी दिनु भयो । कार्यालयले सिपबिकासको तालिमप्रदान गरेको ,सीप परिक्षण गराएको, प्रबिधी हस्तान्तरण, साझा घर निर्माण लगायतको कार्यहरु सम्पन्न गरेको बताउँनु भयो ।            उाहाले जिल्लामा १३ पटकमा २ सय २२ वटा उद्योग तथा वाणिज्यका व्यवसाय अनुगमन गरिएको समेत जानकारी दिनु भयो । जिल्ला स्थित सरोकारवालहरुको सहभागितामा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न गोष्ठी कार्यक्रम कार्यालयका प्रमुख प्रशिक्षक प्रबिण बस्नेतले सञ्चालन गर्नु भएको थियो भने उद्यम बिकास सहजकर्ता हरी बिकले स्वागत मन्तव्यबाट आमन्त्रितहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी , बिशेष अतिथि र अतिथीहरुलाई मायाको चिनो प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।