सम्पर्क

भूतपूर्व विद्यार्थी एकता समाजले मनाईयो दोस्रो स्थापना दिवस

  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ कदमबासमा वि.सं. २००९ सालमा स्थापना भएको विद्यालयका भूतपूर्व विद्यार्थी समाजले दोस्रो स्थापना दिवस मनाइएको छ । विद्यालयमा विभिन्न तह र कक्षामा अध्ययन गरी विद्यालय बाहिरिएको भूतपूर्व विद्यार्थीहरु रहने गरी स्थापना भएको समाजले २०७८ साल पौष ४ गते जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा दर्ता भएकोमा पौष ४ गते स्थापना दिवस मनाइएको समाजका अध्यक्ष सुनिल तामाङले बताउनु भयो ।
स्थापना दिवसको अवसर पारेरले समाजले विद्यालयलाई बुक कर्नर ¥याक हस्तानन्तरण र वडा स्तरीय आधारभूत तह ( नर्सरी – कक्षा ३) को स्मृति परीक्षण आयोजना गरिएको थियो । स्मृति परीक्षणमा वडामा रहेका ८ वटा विद्यालयहरु मध्ये सात विद्यालयको सहभागिता रहेको थियो भने ५ थान बुक कर्नर ¥याक हस्तान्तरण गर्नुभएको छ । यसअघि पनि समाजले एक थान बुक कर्नर ¥याक र रोष्टम हस्तान्तरण गरिसक्नु भएको अध्यक्ष तामाङले बताउनु भयो ।
स्मृति परीक्षण कार्यक्रममा समाजको उपाध्यक्ष रण बहादुर तामाङको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो ।

स्मृति परीक्षमा छात्रा तर्फ प्रथम, द्वितीय र तृतीय क्रमश ः गोल्मादेवी मा.विका दिपिका परियार, पाँचकन्या आ.विका प्रिती माझी र आदर्श विद्या मन्दिर आ.विका देविका तामाङ भएको थियो भने छात्रतर्फ प्रथम गोल्मादेवी मा.विकै सक्षम तामाङ, द्वितीय कालीदेवी मा.विका दर्पण गिरी र तृतीय पाँचकन्या आ.विका प्रशान्त माझी भएको थियो । स्मृति परीक्षणमा प्रत्येक विद्यालयबाट १ छात्रा र १ छात्र सहभागी रहेको थियो । उक्त सहभागी विद्यार्थीहरु मध्येबाट निर्णायक मण्डलले छात्रा र छात्रतर्फको उत्कृष्ट घोषणा गर्दै छात्रा छात्रले प्राप्त गरेको अंकका आधारमा उत्कृष्ट ३ विद्यालयलाई समेत ट्रफी र प्रमाण पत्रद्वारा परस्कृत गरिएको निर्णायक मण्डलका संयोजक रणबहादुर तामाङले बताउनुभयो । उत्कृष्ट ३ विद्यालयहरु प्रथम, द्वितीय र तृतीय क्रमश ः गोल्मादेवी मा.वि, पाँचकन्या आ.वि र आदर्श विद्या मन्दिर आ.वि रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानध्यापक जनार्दन यादवले भूतपूर्व विद्यार्थी समाजले बामे सारिरहेको यस अवस्थामा पनि विद्यालयलाई एक कक्षा एक बुक कर्नर अभियानमा लगेर बुक कर्नरका लागि ¥याक हस्तानन्तरण गर्नुभएकोमा समाजप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

कार्यक्रम समाजको अध्यक्ष सुनिल तामाङ अध्यक्षतामा सञ्चालन भएको थियो । सचिव ललित गिरीले सहभागी विद्यालयका प्र.अ तथा शिक्षक प्रतिनिधि र विद्यार्थीहरु लगायत कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरिएको थियो भने कार्यक्रम सञ्चालन समाजका सदस्य रुद्रबहादुर श्रेष्ठले गर्नुभएको थियो ।