समुदायमा मिलेर काम गर्यो भने कुनै कामको पनी असम्भ नहुने बाह्र्बसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले बाह््रबिसे नगरपालिका वडा नं ९मा निर्मीत तल्लो खण्ड सामुदाय भवनको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।
उँहाले हरेक परिबर्तनमा समाजका समुदायहरुको महत्वपुर्ण भुमिका हुने , हरेक बिकासका कामहरुमा , अनी सही नेतृत्व बिकासका लागी पनी समाजको महत्वपुर्ण भुमिका हुने भएको ले यस भुमिकाका लागी यस वडा नं ९ मा तल्लो खण्ड सामुदायहरुको पनी त्यतीकै भुमिका रहने बताउँनु भयो । उँहाले समाज बिकासका लागी राजनीती ब्यक्तीत्वले मात्र नसक्ने र राजनीतीज्ञ उत्पादन गर्ने समाजे लै समाज बिकासका लागी अगाडी सर्न पर्ने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी वडा नं ९का वडा अध्यक्ष कृष्ण बहादुर रायमाझी ले वडाबासीहरुको समस्या समधान गर्नका लागी सामाजीक सस्थाहरुको ठुलो भुमिका रहने भएकाले यो भुमिका यस तल्लो खण्ड समुदायले उक्त भुमिका निर्बाह गरी वडा बिकासका लागी आबश्यक सल्लाह सुझाब दिएर सहयोग गरिरहेकोमा धन्यबाद दिनु भयो । रायमाझीले वडा नं ९मा बिकासका कामहरु तिब्ररुपले अगाडी बढीरहेको बताउँनु हुँदै ९ नं वडामा कुनै पनी बिकासका कामहरुमा कमी हुन नदीनका लागी आफु लागी परेको बताउँनु भयो ।
२०५६सालमा स्थापित उक्त सामुदायक भवनका अध्यक्ष बिर बहादुर थामीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य डम्बर बहादुर कार्की जिल्ला सहकारी सघका अध्यक्ष दिपक बिक्रम थापा समाज सेवी मेख बहादुर सुबेदी लगाएतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।
