सम्पर्क

सामुदायिक मेलमिलाप सम्बन्धी ३ दिने तालीम सम्पन्न

मेलम्ची नगरपालिका न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलाप केन्द्र मेलम्ची सिन्धुपाल्चोकको समन्वयमा सामुदायिक मेलमिलाप जारी ३ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालीमको समापन गर्दै न्यायिक समिती संयोजक एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले तालिममा सिकेका कुरा समाजमा लागुगर्न आग्रह गर्नुभयो । सभ्य समाज निमार्णका लागी मेलमिलाप कर्ताहरुको महत्वपुर्ण भूमिका हुने हुँदा सबैलाई एउटै दृष्टिले हेरेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा निबर्तमान उपप्रमुख भगवती नेपालले मेलमिलाप कर्ताहरुलाई अझै सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केहि समस्याहरु अझैपनि मेलमिलाप कर्ताहरुमा रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागी केन्द्र सरकार देखिनै केहि ऐन सच्याउनुपर्नेमा जोड दिनुभयो । तालिमको उद्धब अधिकारी र सुरज ढकालले सहजिकरण गर्नुभएको थियो ।