सिन्धुपाल्चोक जिल्ला चौतारासााँचोकगढी ७ मा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घघान गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामङ्गले स्वास्थ्य सेवामा रहेर नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रलाइ वडाको तर्फबाट गर्न पर्ने सहयोगमा सकेसम्म कुनै पनी कमी हुन नदीने भन्दै आगामी दिनमा वडाको श्रोत साधनले भ्याए सम्म स्वास्थ्य, शिक्षा, खानेपानीलाइ पहीलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो । तामाङ्गले स्वास्थ्य सेवाको स्तर उन्नतिका लागि योजन बनाइ प्रदेश सरकार संघीय मन्त्रालय लगायत सम्वन्धित जुन सुकै निकायमा गएर भए पनी स्तर उन्नतीको लागी पहल गर्नै पतिबद्धता ब्यक्त गर्नू भयो । ।
कार्यक्रममा चौतारा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, मालिका देबि सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष यज्ञ प्रसाद दंगाल, श्री ज्ञान् मन्दिर नमुना मा बि का बिब्यस अध्यक्ष रामकृष्ण दंगाल, सोही बिद्यालयका प्र अ पुन्य प्रसाद गजुरेल, साना किसान कृषि सहकारी संस्था लि मेल्चौरका अध्यक्ष नेत्र प्रसाद दंगाल, रेडियो सुनकोशी का स्टेसन मेनेजर यज्ञ दंगाल लगायत ले स्वास्थ्य सेवाको स्तर उन्नतीका बारेमा भनाइ राख्दै प्रत्यक्ष जनसरोकारका बिषय हरुलाइ स्थानीय सरकारले पहीलो प्रथमिकतामा राखेर काम गर्नपर्नै बताउँनु भएको थियो । संस्थाको कर्यसमितिका सदस्य जनक राज गिरीले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव जिबनाथ दंगालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। यज्ञ प्रसाद दंगालको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा हाल सन्चालनमा रहेको एम्बुलेन्स सेवालाइ अझ प्रभकारी रुपमा सन्चलान गर्ने , शब वहान सन्चालनमा ल्याउन पहल गर्ने , स्वास्थ्य सचेतनामुलक कर्यक्रम सन्चालन गर्ने र स्वास्थ्य केन्द्रको भवन सुरक्षाको लागि घेरा बारको लागि पहल गर्ने लगाएतको आगामी कार्य योजना पारित गरेको छ ।
साबिकको सानुसिरुवारी गा बि स वडा नं ६, ७ र ८ इर्खु गा बि स को वडा नं ८ र ९ का बासिन्दाहरु त्था आसपासका नागरिकहरुलाइ स्वास्थ्यसेवा दिइ रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधरण सभा चौतारा सागचोकगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष डम्बर बहदुर तामङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।(फोटो यज्ञ दङ्गालको फेसबुकबाट)
