सम्पर्क

कफीखेती बिस्तारका लागि सबैको सहयोग चाहिने ः पौडेल

राष्ट्रको पहिचान बोकेर बिदेसमा बजार पाएको अर्गानिक कफीखेती बिस्तारका लागी सबैले सहयोग गर्नुपर्ने बागमति प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले बताउनु भएको छ ।
उहाँले कफी सहकारी संघ लिमिटेड सुकुटेको ११औं साधारणसभा उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । सो अबसरमा माननीय पौडेलले कफीको संभावना रहेको क्षेत्रमा विद्यालयतहबाट नै विद्यार्थीहरुलाई सो को विषयमा सैद्धान्तिक र व्यवहारिकरुपमा नै अध्यापन गराउनु पर्ने बताउनुभयो ।
उहाँले जहाँ जे चिजको संभावना छ, त्यो चिजको विकास, विस्तार र शिक्षा विद्यालय स्तरबाट दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । बिशेष अतिथी कफी सहकारी संघका केन्द्रीय अध्यक्ष तुल्सी धितालले सरकारले सबै सहकारीहरुलाई एउटै बास्केटमा राखी नीति र कार्यक्रम बनाउँदा त्यसले उत्पादनमुखी सहकारीहरुलाई अन्याय भएको बताउनुभयो ।
कार्यक्रमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दिपेन्द्र नेपालले कफी खेती बिस्तारका लागी नगरपालिकाले गर्न पर्ने सहयोग गर्ने बताउँनु भयो । यसैगरी सुनकोसी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठले स्थानीय उत्पादनमा पालिकाले सहयोग गर्ने गरेको बताउँनु भयो ।
कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाइँले कृषी उत्पादनमा सरकारले खासै चासो नदिएको बताउँनु भयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उत्पादन विना समृद्धिको सपना साकार नहुने भन्दै उत्पादनमूलक सहकारीहरुलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिनुभयो ।
कफी संंघका अध्यक्ष मन्दु थापाले प्रगति विवरण सहित बिदेशमा कफीको माग बढ्दो भए पनि सो अनुसार उत्पादन हुन नसकेकोमा दुखेसो पोख्नुभयो । उहाँले कफीमाथि पनि कर लगाएर सरकारले कृषि र उत्पादनलाई हतोत्साही गरेको आरोप पनि लगाउनु भयो । कार्यक्रममा कफी उत्पादनको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका हेलम्बुका मुनबहादुर पण्डित, मेलम्चीका रुद्रबहादुर बस्नेत, सुनकोसीका रेशमबहादुर भण्डारी, भोजलाल श्रेष्ठ,बाह्रबिसेको गोमा पौडेल चौतारा साँगाचोकगढीका यम बहादुर महत, इन्द्रावतीका श्यामबहादुर कटुवाल र नमूना कृषि सहकारी संस्था लि बाह्रवीसेलाई सम्मान गरिएको थियो । जिल्ला कफी सघं सिन्धुपाल्चोकले जापानमा कफी बिक्री गर्ने गरेको र उक्त रकमबाट कृषकहरलाई प्रोत्साहन सहयोग गरिरहेको कार्यक्रममा थापाले जानकारी दिनुभयो ।