जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पस्नुभयो !
बलेवा (बागलुङ), ३० फागुन : सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पस्नुभयो । न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गर्नुभयो । उहाँसँगै अन्य शिक्षिका पनि साथमै हुनुहुन्थ्यो । सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले उनीहरुलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो । विद्यालयले विद्यार्थीलाई दुनाटपरी निर्माण गर्न सिकाएको हो । सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन ग्याल्पो ल्होसारको अ...
