कृषी बिकास बैङ्क शाखा चौताराले कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै शनीबारका दिन घरलैलो सेवा प्रदान गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको नेत्रज्योती कृषी सहकारी सस्थाको बिशेष अनुरोधमा वडामा गएर सेवा दिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका कृषी शाखाबाट प्राप्त उत्पादनमा आधारित अनुदान बैङ्कीङ्गप्रणालीमार्फत भुक्तानी गर्न पर्ने र स्थानीय स्तरमा उत्पादन भएका र सहकारीलाइ बिक्री गरिएका तरकारी खाद्यननको भुक्तानी पनी बैङ्कीङ्ग प्रणालीबाट गर्नका लागी वडा कार्यलयबाट निर्देशन भएको र बैङ्कीङ्ग प्रणाली अनुसार कारोबार गर्नका लागी कृषकहरुको खाता अनीबार्य भएकाले गाँउमा सबै कृषक लाइ खाता अनिबार्य भएकोसहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले जानकार िदिनु भयो । गत बर्षको तरकारीमा उत्पादित अनुदान नगरपालिकाबाट भुक्तानी हुन साथ कृषकको खातामा हाल्नका लागी खाता खोल्न चौतारा जान समस्या परेको हुँदा वडा अध्यक्ष उद्धब नेपालको बिशेष पहलमा सहकारी सस्थाको अनुरोधका कारण शनीबारको दिन पनी गाँउमा आएर खाता खोलिदिएको बैकका शाखा प्रबन्धक सजना महर्जनले बताउँनु भयो । उँहाका अनुसार बैकबाट शनीबारका दिन मुना श्रेष्ठ, बिलासा श्रेष्ठ सानो मुना श्रेष्ठ गरी ५जनाको समुह आएर खाता खोली दिएको हो । नेत्र ज्योती कृषी सहकारी सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले सहकारी बाट बितरण हुने अनुदान दशै अघी नै कृषकको खातामा राख्नका लागी यो बिदाको दिन पनी काम गरिदिन सहकारीले अनुरोध गरेको र सोही अनुसार गरेको बताउँनु भयो । बर्षादका कारण समस्या हुँदा पनी यसरी वडामा आएर कृषकहरुलाइ सहयोग गरेकोमा कृषी बिकास बैङ्क र नेत्रज्योती कृषी सहकारी सस्थालाइ बिशेष धन्यबाद दिदै वडाअध्यक्ष उद्धब नेपालले गाँउका साना ठुला सबेैको समस्या गाँउबाटै समाधान हुन सकेकामा खुशी व्यक्त गर्नु भयो ।