सम्पर्क

उत्पादन बृद्धीका बारेमा कृषक,व्यपारी, जनप्रतिनिधी बिच -vita+_को बृहत छलफल

सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा कृषीको समाबेशी रुपानन्तरणका लागी मुल्य श्रृखंला (-vita+_ )कार्यक्रमको सहयोगमा कृषी बिकास बैङ्कको सहकार्यमा र नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा छलफल कार्यक्रम भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तरकारी उत्पादक कृषक, व्यपारी ,सहकारी,कृषी बिकास बैङ्क,बिच अन्तर क्रिया कार्यक्रम गरिएको हो । डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा भएको अन्तरक्रीया कार्यक्रमा (-vita+_)का कार्यक्रम संयोजक (आपुर्ती श्रृखला अधिकृत)    अनिसा महर्जनले उत्पादन कसरी बढाउँन सकिन्छ ? उत्पादित सामाग्रीलाइ कसरी बजारीकरण गर्न सकिन्छ भन्ने बारेमा .(खष्तब)को बारेमा जानकारी गराँउनु भएको थियो । उँहाले तरकारी उत्पादनका लागी कृषी बिकास बैङ्कबाट ९प्रतिशत व्याजमा कर्जाको समेत व्यवस्था गर्ने बित्तीय साक्षर कार्यक्रम सञ्चालन गरी उत्पादनमा बृद्धी गरी बजारीकरणका लागी समेत सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा कृषी बिकास बैङ्कका शाखा प्रबन्धक सजना महर्जनले कृषकहरुका हितका लागी कृषी बिकास बैङ्कले सहुलियत ब्याजमा कृषी कर्जा दिएको र अब पनी बैङ्क मार्फत अरु कर्जाका लागी सहयोग गरेको तर कृषकले पनी उत्पादनमुखी भएर काम गर्नु पर्ने बताउँनु भयो। कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपालले कृषीको समाबेशी रुपानन्तरणका लागी मुल्य श्रृखंला (-vita+_)कार्यक्रमले आफ्नो वडामा कार्यक्षेत्र बनाएकोमा नेत्र ज्योती कृषी सहकारी सस्था मार्फत कृषीमा उत्पादनमुखी कार्यका लागी सहयोग गरेकोमा बिशेष धन्यबाद दिनु भयो र सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय कृषक,व्यपारी,हरुको उपस्थित रहेको थियो ।