सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाले आगामी बर्ष बिद्यालय लिवाखाजका लागी आबश्यक पर्ने सामाग्रीको उत्पादन आफै गर्ने भएको छ । चौतारा सगाँचोकगढी नगरािलिका वडा नं १४को कृषकहरुलाइ तरकारी उत्पादन तथा बजारी करण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तरगा खेती योग्य जमीन बाँझौ नराखौ,उत्पादन बढाऔ आत्मा निर्भर बनौ ,,भन्ने मुल नारा का साथ कृषी समुह , कृषक जन प्रतिनिधी र बित्तीय सस्था हरु बिचको बृहत अन्तर क्रिया कार्यक्रम गरेर सहकारी सस्थाले यो कार्यक्रम ल्याउँन लागेको हो । चौतारा साँगाचोकगढी नगरपालिकन १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र कृषी बिकास बैङ्कका शाखा प्रबन्धक सजना महर्जन नगर सहकारी सञ्जालका सदस्य भेष बहादुर नेपालको बिशेष अतिथ्यतामा भएको बृहत छलफल कार्यक्रममा सहकारी सस्थाको कार्यबिधी सार्बजनीक गर्दै सहकारी सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले त्यस्तो जानकारी दिनु भएको हो । उँहाका अनुसार यसै बर्ष करिब २००रोपनी जग्गा भाडामा लिएर करिब १०जना कर्मचारी राखेर २५ वटा भैसी पालन गर्ने र २००रोपनी जग्गा बाट उत्पादन भएका खाद्यन्न, तरकारी र दुधजन्य पदार्थ बिद्यालय दिवा खाजाका लागी प्रयोग गरिने समेत सो अबशरमा जानकारी गराइएको थियो । छलफल कार्यक्रममा स्थानीय सरकारका तर्फबाट अनुदानका लागी वडा कार्यलयले पहल गर्ने , कर्जाका लागी कृषी बिकास बैङ्कले आबश्यक सहयोग गर्ने सहकारी सस्थाले जग्गाको व्यवस्था गर्ने का बारेमा छलफल भएको छ । कार्यक्रम सम्बोधन गर्दे वडा अध्यक्ष उद्धब नेपालले कृषीमा परिबर्तनका साथ नँया कार्यक्रमको थालनी गर्न लागेकोमा नेत्रज्योती कृषी सहकारी सस्थालाइ बिशेष धन्यबाद दिदै उत्पादनमुलक काम गर्नेका लागी स्थानीय सरकारबाट आबश्यक सहयोग उपलब्ध हुने बताउँनु भयो । उँहाले बिद्यालय दिवा खाजाका लागी सामाग्री ढुवानी गरिरहेको नेत्र ज्योती कृषी सहकारी सस्ंथाले सामुहमा उत्पादनमुलक काम गरेर समुहमा नै पशुपालनको काम गर्न लागेकोमा खुशी ब्यक्त गर्दै कृषी उत्पादनमा नँया कामको थालनी भएको बताउँनु भयो । कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको कार्यक्रममा नगर सहकारी सञ्जालका सदस्य भेष बहादुर नेपालले नेत्रज्याती कृषी सहकारी सस्थाले स्थानीय कृषकहरको राहतका लागी कहीले हलुवाबेदको तालीम सञ्चालन गर्ने कहीले बाँझो जग्गाको सदुपयोग गर्ने कहीले सामुहीक खेतीको कार्यक्रम शुरु गर्ने जस्ता नँया नयाँ कार्यक्रम ल्याएर पहीचान युक्त काम गरेकोमा बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा स्थानीय कृषक ब्यपारी जन प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।