सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ लाई बालमैत्री घोषणा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाल बालिकाको हक अधिकार सुनिश्चित गर्नको लागि सरोकारवालाले कस्तो भुमिका निर्वाह गनुपर्ने कुरामा छलफल भएको हो ।
वडा बाल संरक्षण समितिका वडा अध्यक्ष तथा प्रधानाध्यापक ऋषीराम नेपालले बिशेष गरि वर्षदका कारण धेरै स्थानमा बाढी पहिरोबाट जन धनको क्षति भएको र यस वडामा जनको क्षति नभए पनि धनको क्षति भएको जानकारि गराउँदेै जनको क्षेति भएको कुनैपनि समयमा समाचार सुन्न नपरोस् भन्दै बालमैत्री वडा घोषणाका लागि ५१ सूची मध्ये २१ सूची बाँकि रहेकोले यो पूरा गरेर घोषणाका लागि तैयार गर्न पर्ने बताउनु भयो ।
उहाँले वडामा ५ जना १८ बर्ष मुनिका बालबालिका बिद्यालय नगएको पाईएकोले उनीहरुलाई बद्यालय ल्याउने प्रयास गरिएको बताउँदै शिक्षा स्वास्थ्यमा देखिएको समस्या सबै मिलेर समधान गर्न लागि पर्नुपर्ने बताउनु भयो ।
अबको शिक्षा भनेको आफू जस्तो होईन बर्तमान समय परिस्थिति अनुसारको बनाउन पर्ने बताउनु भयो ।
कार्यक्रममा सञ्चारकर्मी नेत्र बहादुर बस्नेतले बालमैत्री वडा घोषणाका लागि सबैको बराबरी जिम्मेवारी हुनपर्ने बताउँनु भयो ।
वडा सचिब पुनम भण्डारिले सञ्चालन गर्नु भएको कार्यक्रममा सभापतिको आसनबाट बोल्दै धेरै धनको क्षति भएको भयता पनि वडामा जनको क्षेति नभएको जानकारी दिदै मौसमको ख्याल गरेर काम गर्न अनुरोध गर्नुभयो ।
अध्यक्ष नेपालले बालमैत्री वडा घोषणाका लागि खानेपानि स्वास्थ्य शिक्षा सबै खालका सुचक पूरा गर्न पर्नेछ ।
५ वर्ष मुनिका बालबालिकाहरुको जन्मदर्ता बाँकि छ भने गर्न अनुरोध गर्दै सबै बालबालिकाहरुको बिद्यालयमा पठाउन हुन अनुरोध गर्दै हरेक गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य परिक्षण गराउँने र सुत्केरि हुँदा स्वास्थ्य केन्द्रमा नै गराउँनका लागि अनुरोध गर्नुभयो । अहिले केही बालबालिकाहरु कुपोषण तर्फ लागि रहेको पाईयो भने यो नकारत्मक शन्देस जाने भएकोले यस तर्फ पनि ध्यान दिनहुन सबैलाई अनुरोध गर्नुभयो ।