मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै
मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पु¥याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन् । विसं २०७० भन्दाअघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।
अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताउनुभयो । खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पु¥याउन सकिएको छैन । सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट ...
