सम्पर्क

ब्यवस्थित ट्यांकी र धारा बनेपछि २४ सै घण्टा पानीको सुविधा, खुशी भए सिरानचौरबासी

अश्मी स्याङतान कमला
घर आँगनमानै सुविधा सम्पन्न धारा बनेपछि सिरानचौरका स्थानिय खुशी भएका छन् । गैरसरकारी संस्था सेबक नेपालले चौतारा साँगाचोक गढी नगरपालिका र स्थानिय उपभोक्ता समितिसँग त्रिपक्षीय सम्झौतामा खानेपानी ट्यांकी र धारा निमार्ण गरिएको हो । पुस्तौंदेखि खानेपानीको समस्या भोगिरहेका चौतारा साँगाचोक गढी नगरपालिका वडा ९ स्थित सिरानचौरबासीको समस्या समाधान भएको छ । यहाँ ४८ घरधुरीमा एक घर एक धारा निमार्ण भएको छ । ब्यवस्थित ट्यांकी र धारा बनेपछि केउरेनी मानेडाँडा र गिरी टोलमा २४ सै घण्टा खानेपानी उपलब्ध भएको छ । गत साल २०८० माघ १० बाट सुरु भएको खानेपानी आयोजना २०८१ बैशाखमा सम्पन्न भएको हो । सेबक नेपालले वास उद्यमी परियोजना ध्बतभच दथ ध्यmभल अन्तर्गत नगरपालिका र उपभोक्ता समितिको साझेदारीमा जम्मा रु ३२ लाख ३ हजार लागतमा आयोजना सम्पन भएको हो । जसमध्ये चौतारा साँगाचोक गढी नगरपालिकाले २१ लाख २३ हजार, सेबक नेपालको वास उद्यमी ध्बतभच दथ ध्यmभल परियोजनाले ५ लाख ९० हजार रुपैयाँ र प्रभावित समुदायका नागरिकहरुले ४ लाख ८९ हजारको श्रमदान गरेका हुन् । यो खानेपानी संरचना दिगो रुपमा सञ्चालनका लागि बिमा संगै अन्य संरक्षणको योजना र नियम बनाएको केउरेनी मानेडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष आकाश तामाङले बताउनुभयो । करिव ३ महिनाको समय अवधिमा उपभोक्ता समिति र स्थानिय मिलेर अथाह मेहनत र श्रमदान पछि केउरेनीको पानी ल्याउन सफल भएको अध्यक्ष तामाङले बताउनुभयो । सेवक नेपालले आयोजना क्षेत्रमा प्राविधिक समेत खटाइएकाले सहज भएको उहाँको भनाई थियो । अहिले एक घर एक धारा बनेपछि खानेपानी, सरसफाई, गाईवस्तुलाई दिन र करेसाबारीमा तरकारी लगाउन समेत धेरै सहज भएको स्थानिय निरमायाँ तामाङले बताउनुभयो । उहाँले भन्नुभयो ̒ सासु ससुराको पाला देखिनै यो गाउँमा पानीको समस्या रहेछ हामी पनि खानेपानीको लागि विहान सबेरै देखि केउरेनी खोलामा गाग्री बोकेर लाइनमा बस्थ्यौ । पानी ओसारेर दिन बित्थ्यो, पानीको निउँमा छिमेकी संग झगडा पनि हुन्थ्यो । अहिले २४ सै घण्टा आफनै आँगनको धारामा पानी आउँछ । जतिबेला थापे पनि भो ̓ । नुहाउन सरसफाई गर्न पनि सहज भएको उहाँ बताउनुहुन्छ ।गैरसरकारी संस्थाको साझेदारीमा खानेपानी संरचना निमार्ण गर्दा राम्रो नतिजा आएको चौसाँ गढी नगरपालिकाको मेयर कृष्ण प्रसाद सापकोटाले प्रतिक्रिया दिनुभयो । नगरपालिका भित्रका सबै जनतालाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउन नेपाल सरकारको एक घर एक धारा अभियान अनुसार काम गर्दै आइरहेको मेयर सापकोटाले बताउनुभयो । सेबक नेपालले वास उद्यमी परियोजना अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकासँगको साझेदारी र उपभोक्ता समितीबीचको त्रिपक्षीय सम्झौतामा हालसालै पाँच वटा खानेपानी तथा सरसफाई आयोजनामा काम गरिसकेका छन् ।