सम्पर्क

अरनिको राजमार्ग खाग्दलमा खुल्यो अस्थाइ बाटो मोहन बस्नेतद्धारा तत्काल स्थाइ व्यवस्था गर्न निर्देशन

 

गत असार ३० गते राति आएको बाढिका कारण बाह्रबिसे खाग्दल बेलिब्रीज बग्दा अबरुद्ध भएको सडकखण्ड बिहिबारदेखी सञ्चालनमा आएको छ । चीनसँग जोड्ने बाह्रबिसे तातोपानी सीमाक्षेत्र जोड्ने खाग्दल सडकखण्ड ३० खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि तत्काल नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्बमन्त्री संघीय सांसद माननीय मोहन बहादुर बस्नेत बागमती प्रदेसका पुर्बमन्त्री माननीय मसिना खड्का भण्डारी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत जिल्ला स्थित सुरक्षा प्रमुखहरु, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ, नगर कार्यपालिकाका सदस्यहरु वडाअध्यक्षहरु सहित घटना स्थलमा पुग्नु भएको थियो ।
३० गते राति बाढी आएतगत्तै नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष सहित बाहबिसेका सुरक्षाकर्मीहरुले त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारेका कारण मानवीय क्षेती नभए पनि बाढीले बेलिब्रीज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पु¥याएको थियो ।
बाढीले क्षेती गरेको घटना थाहा पाउँन साथ जिल्ला स्थित सुरक्षा निकायहरुको टोली पुगेको थियो भने पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेत र पुर्बमन्त्री माननीय मसिना खड्का भण्डारी काठमाण्डोैबाट तत्काल पुगेर बाढीले क्षेती भएको ठाउँको अवलोकन गर्नुभएको थियो ।
सो अबसरमा बस्नेतले तत्काल बेलीब्रीजको व्यवस्था गर्ने बताउँदै तत्काल सडक सुचारु गर्नका लागि नगरप्रमुख, उपप्रमुखलाई निर्देशन दिनुभएको थियो भने सोही निर्देशन अनुसार नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्मुख मन्जु तामाङ, वडाअध्यक्षहरु सुरक्षाबलहरु सडक बिभाष सबै लागेर बिहिबारदेखी सडक सुचारु भएको हो ।
माननीय मोहन बहादुर बस्नेतको निर्देशनमा तत्काल यातायात आउजाउ गर्नका लागि ह्युमपाइप राखेर अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो । अहिले अस्थाइ रुपमा सडक खोलीएको हो दिर्घकालीन हुनेगरी चाँडै बेलिब्रीज जडान गर्ने कामको तयारी भइरहेको बताउँदै नगर प्रमुख बस्नेतले ह्युमपाइपबाट चलेको यातायात वर्षात् बढेमा नटिक्ने भएकाले पनि हामि तत्काल स्थाइ व्यवस्थापनमा लागी रहेको छौ भन्नुभयो । उहाँले घटना घटेको भोलीपल्टै प्रमुख जिल्ला अधिकारी नेपाली सेना प्रमुख सबै सुरक्षा निकाय प्रमुखहरु आएर हेरेर यसका लागि बेलीब्रीज तत्काल ल्याउँन गृह मन्त्रालयमा प्रजिअले माग गरिसक्नु भएको छ, पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले पनि गृहमन्त्रीसँग कुरा गरिसक्नु भएकाले करिब १५ दिन भित्रै खाग्दल खोलामा बेलीब्रीज राख्ने बताउँनु भयो ।
खाग्दल खोलाले हुत्याएर तल पु¥याएको बेलिब्रीज उचालेर ल्याउने प्रयास पनि गरिएको थियो । त्यो संम्भव भएन, तैपनि नगरकै सक्रियतामा यो राजमार्ग खुलेको नगर उपप्रमुख मन्जु तामाङले बताउँनु भयो । क्रेन लगाउँदा पनी बेलीब्रीज उचालेर ल्याउँन नसके पछी नेपाली सेनाको टोलीले हातैले उक्त बेलीब्रीज खोलेर ल्याइ फिट गर्न लागीएको बताउँदै उहाँले माननीय मोहन बहादुर बस्नेतले तत्काल जसरी पनि सडक खोल्नुपर्छ बजेटको लागी जँहाबाट भएपनी व्यवस्था गर्छु भन्दै आफै बसेर सडकको काम गराउँनु भएकोले यो सडक अस्थाइ रुपमा भएपनी सञ्चालनमा आएको नगर प्रबक्ता बिमल पौडेलले बताउँनु भयो । यो सडक अवरुद्ध हुँदा चीनबाट लोड भएर आएका झण्डै ६० भन्दा बढी मालबाहक कन्टेनरहरु ३ दिनदेखि सडकमा नै अलपत्र परेका थिए । सडक अवरुद्ध भएसँगै तातोपानी भन्सार कार्यालयको राजश्व संकलनमा पनि प्रभावित भएको छ ।      
दैनिक चार करोड राजश्व संकलनमा प्रभावित भएको तातोपनी भन्सार कार्यालय जनाएको छ । ०७७ असार २५ मा अविरल वर्षातकै कारण खाग्दल र भोटेकोसीमा आएको बाढीले यहाँको पुरानो मोटरेबल पुल बगाएसँगै दुई दर्जन परिवार विस्थापित बनेका थिए भने त्यतिबेला काभ्रे र एल्मो ठाडो खोलाले थुनेपछि बाह्रबिसे ५ गाती जम्बु बजारका १६ जना बेपत्ता भएका थिए । त्यसको केही समयपछि हालिएको यो बेलिब्रीज यस बर्ष बगाएको थियो ।