सम्पर्क

राजनिती

स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेको छ ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरअस्पतालमा शुक्रबार सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्दै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेकोले यसको सुरुवात भईसकेको बताउनुभयो । त्यसको सुरुवात भइसकेको र शिक्षा, स्वास्थ्य, खानेपानी, पुलपुलेशा, बाढीबाट क्षतिग्रस्त संरचना पुननिमार्ण लगायतको काममा आफु निरन्तर लागिरहेको भन्दै अब विकासको कार्यले गतिलिने बताउनुभयो । सांसद बस्नेतले अब छिट्टै पुल निमार्णका लागि टेण्डर आह्वान हुने भन्दै समयमै पुल बन्ने कुरामा ढुक्क हुन समेत आग्रह गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सिन्धुपाल्चोकको विकासको लागि आफुले जस्तोसुकै परिस्थितिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिङ ला...

संगठन सुदृढीकरण अभियान चलाउँदै काँग्रेस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाले संगठन सुदृढीकरण अभियान चलाउने भएकोे छ । जिल्ला पाटि सभापति जङ्ग बहादुर लामाको अध्यक्षतामा बसेको पु्र्ण बैठकले वडातहसम्म सुदृढीकरण गर्ने र बाँकि रहेका विभागहरु गठन गरी सवै विभाग लाई पुर्णता दिने लगायतका निर्णयहरु गरेको पाटि प्रबक्ता नवराज भटराईले बताउँनुभयो । उहाँका अनुसार बाग्मती प्रदेशमा निर्वाचित शिक्षक संघका उपमहासचिव भेषराम पौडेल बाग्मती प्रदेश सदस्य कल्पना मोक्तान केशव डोटेल, शिक्षक संघ केन्द्रीय सदस्यतुल्सी प्रसाद दंगाल ,नेपाल ट्रेड यूनियन कांग्रेस संघ संग आवद्द गैलैचा मजदुर संघ वाग्मती प्रदेश अध्यक्ष बुद्ध तामाङलाई सम्मान गरेको थियो । बैठकले विभाग गठनको सम्पूर्ण अधिकार सभापतीलाई दिने निर्णय समेत गरेको छ ।...

मालपोतका निर्देशकलाई मन्त्री श्रेष्ठको निर्देशन, ‘

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
वैशाख ३, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिनु भएको छ । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई यस्तो ठाडो निर्देशन दिनु भएको समाचार प्राप्त भउको छ । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनु भएको समाचछारमा जनाइएको छ । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्ज...

रजिष्टार सापकोटाद्धारा पद तथा गोपनियताको सपथ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनु भएएको छ। आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उहाँले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिनु भएको हो । सपथ पछीसापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।नयाँ संविधान निर्माण पछि संघीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशको पहिलो सञ्चार रजिष्टारका रुपमा चार बर्ष विताएका उहाँले उदाहरणीय काम गरेपछि प्रदेश सरकारले पुनः उहाालाई रजिष्टारका रुपमा नियुक्त गरेको हो । गत हप्ता बसेको बागमति मन्त्रिपरिषदको बैठकले सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।स...

आज साँझ ८बजे देखी अरनिको राजमार्ग बन्द

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेल देखी खावा सम्मको सडक मर्मत गर्न पर्ने भएकाले आज अर्थात ३गते साँझ ८ बजे देखी भोली बिहान ४ गते बिहान सम्म बाटो बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले एक सुचना प्रकाशित गरी धुलीखेल देखी पाँचखाल सम्म कुनै पनी सवार िसाधन नचलाउँन अनुरोध गरेको हो ।

आरोहण खुलेपछि थपियो उत्साह जुगल बेसक्याम्प ’ने–पेमाछाल’मा भब्य कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमाल अन्तरगत ’जुगल १’ देखि ’जुगल ५’ नामाकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र पाँच वर्ष सम्म शुल्क नलिने निर्णग गरे पछी नागरिकमा थप उत्साह थपीएको छ ।२०७५ सालबाट आरोहण खुल्ला गरिएको जुगल अन्तरगतका अन्य हिमाल समेत खुल्ला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको हो । काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तब्यका हिमाल आरोहण खुल्ला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास सम्वन्धित क्षेत्रका विज्ञहरुको छ । जुगल आरोहण खुल्ला गर्न सुरुमा निवर्तमा सभामुख अग्निप्रसाद सापकोटा र पछिल्लो समयमा संघीय सांसद माधव सापकोटा ’सुबोध’ र प्रदेश सभा सदस्य सरल सहयात्रीले पहल गरेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो ले जानकारी दिनु भयो । पर्यटन प्रवर्धनका लागि संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ ...

सञ्चार रजिस्ट्रारमा पुन रेवती सापकोटा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा ले निरन्तरता पाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभए पछी उँहाले निरन्तरता पाँउनु भएको होे ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् ।...

स्थानीय सरकारको मुख्य उद्धेश्य घर दैलो बाटै सेवा प्रदान गर्ने ः तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर दैलो बाटै सेवा प्रदान गर्ने घर दैलो बाटै सेवा प्रदान गर्ने स्थानीय सरकारको मुख्य उद्धेश्य रहेको , त्यही उद्धेश्य पुरा गर्नका लागी मेलम्ची नगरपालिका लागी परेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्गले बताउँनु भएको छ । मेलम्ची नगरपालिकमेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्ची नगरपालिका ले श्रोत र साधनले भ्याए सम्म नागरिकको सेवा का लागी घर आँगनमा उपस्थित हुने बताउँदै त्यसैका लागी हरेक वडा कार्यलयको आफ्नै भवन बनीरहेको बताउँनु भयो । उँहाले भवन निर्माण सँगै त्ँयहा नागरिकले सुबीधा कसरी पाएका छन त्यस प्रती नगरको ध्यान केन्द्रीत हुने समेत सो अबशरमा बताउँनु भयो । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथ...

रास्वपा मेलम्ची नगर सभापतिमा ढकाल

राजनिती, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने, उपसभापति दिनेश हुमगाई, लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सभापति गुरुङ जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख...

एमालेको परिवर्तनका धरोहरहरुलाई सम्मान

राजनिती, समाचार
नेकपा एमाले चौतारा सॉगाचोकगढी वडा नं ५ को वडा कमिटीले चौताराका परिवर्तनका धरोहरहरुलाई सम्मान गरेको छ । नेकपा एमालेको मिसन ग्रासरूट अन्तर्गत वडा नं ५ वडा कमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका चार जनालाई सम्मान गरेको हो । सम्मान कार्यकममा राजनीति, सामाजिक र शैक्षिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको धरहरका रुपमा परिचित व्यक्तित्वहरू कृष्णराज श्रेष्ठ, माधव लाल कर्मचार्य , नरबहादुर मास्के र रामबहादुर कार्की सम्मानित हुनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाङ नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतारा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी अध्यक्ष भक्तलाल श्रेष्ठ सहितले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।...