सम्पर्क

राजनिती

चौसागढी न.पा. स्याउले र झ्याडीमा तालिम सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १स्याउले र वडा नं १४ एकीकृत नमुना बस्ती झ्याडीमा सिप मुलक तालीम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय र चौतारासागाचोकगढी न. पा. को संयक्त आयोजनामा चौसागढी १ स्याउलेमा स्थानीय कच्चापदार्थबाट ढक्की, फुलदानी, झोला लगायतका सामानहरु  नीर्माणको लागी तालिम सम्पन्न भएको छ ।तालिमको समापन समारोहमा स्थानीय २० जना महिलालाई प्रमाणपत्र समेत बितरण गरिएको छ । प्रमाण पत्र बितरण गर्दै वडाअध्यक्ष युवलाल श्रेष्ठले स्थानीय कच्चापदार्थबाट वनेका सामानहरू देख्दा भक्तपुर घुमेको अनुभव भएको बताउँनु भयो । उँहाले थोरै लगानीमा पनि यस्ता सामाग्री वनाउदा आम्दानिको बाटो खुल्ने वताउँनु भयो । यसै गरि उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले थोरै लगानिबाट पनि प्रशस्त आम्दानीको श्रोत वन्न सक्ने सीप सिकाउन पाउँदा खुशी लागेको बताउँनु हुँदै य...

राप्रपा सिन्धुपाल्चोकद्धारा केन्द्राध्यक्षलाइ धन्यबाद

राजनिती, समाचार
  राष्टीय प्रजातन्त्रपाटी सिन्धुपाल्चोकले केन्द्रीय अध्यक्ष सहीत नव निर्वाचीत युवक सङ्गठनका पधाधिकारीहरुलाइ धन्यबाद ब्यक्त गरेको छ । सिन्धुपाल्चोक जिल्ला सिन्धुपाल्चोृक जिल्ला पाटी अध्यक्ष निलध्वज थापाको अध्यक्षतमा आइतबार बसेको नियमित बैठकले राप्रपाको केन्दीय अध्यक्षको प्रमुख अतिथ्यतामा भएको युवक सङ्गठनको अबिधेशनमा सहभागी सबैलाइ धन्यबाद समेत ब्यक्त गरेको छ । गत माघ २०गते भएको अधिबेशनले देवराज गुरुङ्गको अध्यक्षतामा २७ सदस्यीय कार्य समितीको समेत चयन गरिएको थियो । अन्य पदाधिकारीहरुमा पुरुष उपाध्यक्ष गुञ्ज बहादुर तामाङ महीला उपाध्यक्षमा रोशनी श्रेष्ठ, रहनु भएको छ । यसै गरी सचिबमा सरोज केसी , कोषध्यक्षमा सञ्जीव थापा रहनु भएको छ। १उपाध्यक्ष, र सहसचिब निव निर्वाचित अध्यक्षले मनोनित गर्ने भएको छ । यसै गरी सदस्यहरुमा तेज बहादुर बस्नेत, अमीर थापा, शेखर थापा,रुपेन्द्र दुलाल,हिराश्रेष्ठ, रा...

नगर प्रमुख अर्को पार्टीको भएपनि उहाँ राम्रो हुनुहुँदो रहेछः वडाअध्यक्ष श्रेष्ठ,

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, राजनिती, विचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका वडा नं६मा पिता परम बहादुर श्रेष्ठ र माता दिल माया श्रेष्ठको कोखबाट २०२४जेठ २२मा जन्मनु भएका बिकास प्रेमी समाजसेवी कुल बहादुर श्रेष्ठ हाल वडा नं६मा वडा अध्यक्ष हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागी गर्नुभएको छोटो कुराकानी यँहाको परिचय ? मेरो नाम कुल बहादुर श्रेष्ठ हो , म वडा नं ६ को वडा अध्यक्ष हु। मेरो बुबाको नाम परम बहादुर श्रेष्ठ भने आमाको नाम दिल माया श्रेष्ठ हो मेरो जन्म २०२४ जेठ २२ गते भएको हो , म अहीले बाह्र्बिसे नगरपालिका वडा नं ६को वडाअध्यक्षको म्मिेवारी बहन गरिरहेको छु । निर्वाचित हुने बेलाको अनुभव कस्तो रह्यो ? नेपालमा सघीयता लागु भए पछी दोश्रोपटक भएको स्थानीय निर्वाचनमा म पनी वडा अध्यक्षको उम्मेद्वार बन्न पाए...

राप्रपा निकट युवा संगठन देशको वैकल्पिक शक्ति हो ः लिङ्देन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाल सरकार पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन नै देशको वैकल्पिक शक्ति भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोक जिल्ला अधिवेशनको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताउनुभयो । उहाँले राष्ट्रबादी शक्ति राप्रपा भएकाले अवको युवाहरुले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह समेत गर्नुभयो । उहाँले स्थानीय चुनावमा आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह हो भनि कसम खुवाउन एजेण्डा बोकेर अघि बढ्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य दईन्द्र बहादुर ठकुरीले पाटी भित्र कुनै बिबाद नभएको पाटीमा लागेर बिभिन्न समयमा असन...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं : लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ। ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ। ऐनमा गरिएको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्ट्याई सो प्रतिशतलाई शत प्रतिशत मान्नु पर्ने भनिएको छ। यो व्यवस्था अनुसार निजामती सेवामा खस आर्य महिला १५ प्रतिशत, आदिवासी जनजाति महिला ९ र पुरुष ९ प्रतिशत, मधेसी महिला ८ र पुरुष ८ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। दलित (पहाडी र मधेसी) महिला ८ र पुरुष ७ प्रतिशत, थारु महिला ७ र पुरुष ७ प्रति...

इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्छ ः अध्यक्ष माझी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  सन्तोष सिग्देल,बोडगाउँ । इन्द्रावती गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष रामजी माझीले इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्ने बताउँनभएको छ।इन्द्रावती ११ का माझी समुदाय शिक्षामा पछाडी परेको भन्दै अध्यक्ष माझीले गाउँपालिकाले यसमा ध्यान दिनुपर्ने बताउँनु भयो । हेलम्बु एजुकेशन एण्ड लाइभलिहुड पार्टनरशिप (हेल्प) को शैक्षिक सामाग्री र ब्याग वितरण कार्यक्रममा मन्तव्य राख्दै माझीले शिक्षामा सक्षम भए मात्र सोचेको कुराहरू पूरा हने बिचार ब्यक्त गर्नू भयो ।कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाललाई वडा भित्रका शिक्षामा रहेका समस्याहरूको अवगत गराउँदै बोडगाउँका एकजना माझीले पनि निजामती शेवामा प्रवेस गर्न नसकेकोमा दुख ब्यक्त गर्नूभयो । ’यहाँका एकजना ब्यक्तिले पनि शिक्षकको जागिर खान सकेका छैनन्, त्यो लेभलमा पुराउन हामीले सकेका छ...

वस्तीपुर जेसिजअध्यक्ष मा अमृत पाठक

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
हेटौंडा / वस्तीपुर जेसिज हाँडीखोलाले १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष अमृत पाठकसहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरेको छ। हेटौंडा-१९ को जेसिजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसिज प्रेम बहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित अमृत पाठकलाई पद हस्तान्तरण गरेका हुन् । जेसिजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल) र सन्जोग उप्रेती र उपाध्यक्षमा लोक लामा मोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाईँ, कोषाध्यक्ष सन्देश पण्डित, महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दिप पाठक सहितका पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।बस्तिपुर जेसिज हाँडीखोलाका नवनिर्वाचित अध्यक्ष  पाठकले पदभार ग्रहणको कार्यक्रमलाई सम्बोधन गर्दै  आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गर्नुभयो। अध्यक्ष पाठकले आफ्...

काँग्रेस बलीयो बनाउँनैका लागी अभियानः हुमागाइ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस भित्र सुधार्न पर्ने धेरै कुराहरु छन त्यसलाइ सुधार गर्नैका लागी सामुदायमा कागे्रस अभियान शुरु गरिएको केन्द्रीय सदस्य एवम अभियानका सिन्धुपाल्चोक प्रतिनिधी शिब प्रसाद हुमागाँइले बताउँनु भएको छ । नेपाली काँग्रेसको माघ १६ गते देखी शुरु हुने अभियानको लागी सिन्धुपाल्चोक जिल्लाको कार्य समिती पदाधिकारी प्रदेसका पदाधिकारी हरु पालिका का पदाधिकारीहरु बिचको बैठकमा उँहाले यस्तो धारणा राख्नु भएको हो । बैठकलाइ सम्बोधन गर्दै केन्द्रीय सदस्य हुमागाइले सिन्धुपाल्चोक जिल्लाको काँग्रेसलाइ कसरी बलीयो बनाउँने भन्ने बिषयमा आफु केन्दीत रहेको बताउँदै बैठकमा आगामी माघ १६ गते देखी २६गते सम्म पाटीले हरेक वडावडाटोलटोलमा गएर स्थानीय कार्यकर्ता सँग छलफल गर्न र त्यँहाका बारेमा जानकारी लिनका लागी सबैलाइ केन्द्रको निर्देशन अनुसार जिम्मेवारी बहन गर्न भन्नु भयो । उँहाले काँग्रेसबाट निर्बाचित जनप्रतिन...

माडीमा तेस्रो प्रदेश युवा सम्मेलन २०२४ सुरु

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलद्वारा “प्रदेश युवा सम्मेलनः २०२४” को औपचारिक रुपमा उद्घघाटन भएको छ । ’उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् ।नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना मन्तव्य दिने क्रममा “बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट छ, आउनुहोस् सहकार्य गरौं । हामी सदैव हजुरहरुको लागी तयार छौं, हामीले सक्छौं, हामीले सक्ने हो र हामीले नै हाम्रो देश बनाउने हो, त्यसैगरी स्थानीय उत्पादन र कृषि उद्यमशील...

पाँच वर्षभित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने छौ ः स्वास्थ्य मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
रामचन्द्र दुलाल काठमाडौं, १३ माघ ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताउँनु भएको छ। उँहाले २१५१ औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एममिविविएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरि मन्त्रीपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने दावी गर्नु भयो । मन्त्री बस्नेतले मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउदै मन्त्री बस्नेतले स्वदेशमा प्रसस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौ नेपाली विद्यार्थी चिकित्...