माओवादी ,राप्रपाकाकार्यकता लगाएतले आगजनी गरे ः बस्नेत
अधिराजकुमार बस्नेत
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजीको आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताउँनु भएको छ ।पूर्वमन्त्री बस्नेतले आइतबार आफ्नो बालकोटस्थित घरमा उपस्थित कार्यकर्ताहरुको भेटमा यस्तो बताउँनु भएको छ। उँहाले आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि चोखो नदेखिएको स्पष्ट पार्नु भयो । ’जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ। राप्रपा पनि चोखो देखिएको छैन। ‘सिसिटिभी फुटेजहरु बाहिर आइरहेका छन् भन्नु हुँदै ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ। मेरै घर तिनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ। रास्वपा पनि सक्रिय भएको देखिन्छ। स्वदेशीमात्र छैन। विदेशी पनि देखिएका छन् भन्नु भएको छ । भदौ २३ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित निवास र बालकोटस्थित निवास आगजानी भ...
