सम्पर्क

राजनिती

बानेश्वरमा राप्रपाको प्रदर्शन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चैत १५ गते तीनकुनेमा राजावादीकोे प्रदर्शनका क्रममा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरेको छ । आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । राजावादीकोे प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले ’राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, लगायत नाराहरु लगाएका छन् । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।...

सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो । पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र मान्यतामा रहेर काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गत मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोक गढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद साप...

तातोपानी नाका व्यवस्थित गर्न लागि आवश्यक पहल गर्छुः आरजु राणा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
परराष्ट्रमन्त्री आरजु राणाले तातोपानी नाका र सडक व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताउँनु भएको छ । उहाँले शुक्रबार भोटेकोसी गाउँपालिका–२ बाट चीन जोड्ने सीमाना तातोपानी पुगेर तातोपानी धारामा निर्मित स्नानगृह भवन उद्घाटन गर्दै ‘यसअघि नाका हेर्ने मौका पाएको थिइनँ, ५४ वर्षअघि यहाँ एकपटक आएको थिएँ, तर सडकको अवस्था देखेँ, यसबारे भौतिकमन्त्रीसँग कुरा गरेर अघि बढ्नेछु,’ भन्नुभयो । स्नान गृह उद्धघाटन गर्नुअघी नाका निरक्षण गर्न पुग्नु भएका मन्त्री राणालाई चीनबाट आएका झाङ्मु क्षेत्रका सुरक्षाकर्मी र अधिकारी प्रतिनिधिले उहाँसहित अन्यलाई स्वागत गर्नुभएको थियो । परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमार्फत तातोपानी उत्रे लगत्तै नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा. राणा देउवाले तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशनसमेत दिनुभएक...

शिक्षकको माग पुरा हुने यसका लागी सासद अधिबेशन १२ गते

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
पुर्ब प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँगको भेट पछी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक बोलाइ संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथा सक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने, निर्णय गराउँनु भएको समाचार प्राप्त भएको छ। बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारेको छ ।     यसै गरी नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल विद...

काँग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा नेपाल सरकारको पुर्व स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतले काँग्रेस एकढिक्का भएर अघि बढ्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं.१ को आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सम्वद्ध भातृ संगठन तथा कार्यकर्ताले अझ दृढ भएर पार्टीलाई बलियो बनाउने र समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस इतिहांस, वर्तमान र भविष्य बोकेको पार्टी भएको बताउदै कुनैपनि दलसंग कांग्रेसको तुलना गर्न नमिल्ने भन्दै दलका शिर्ष नेताले मुलुकलाई बचाउनकै लागि पदीय लोभ छोडेर एक कदम पछि बसेर काम गरिरहेको बताउनुभयो । हामीले बुझ्न जरुरी छ, पार्टीले मुलुकलाई द्धन्द्धमा फंस्न नदिनका लागि सरकारलाई झकझकाउने, सुझाव दिने काम गरिरहेको छ, उहाँले भन्नुभयो, “ईमान्दारिताको अहोदा बोकेको कांग्रेस पार्ट...

नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिबेशन एक भव्य समारोहका बिच सम्पन्न भएको छ । नेपाली काँग्रेस बागमती प्रदेसका सह–महामन्त्री हरिशरण श्रेष्ठको प्रमुख अतिथ्यतामा सिन्धु काँग्रेसका सभापती जङ्ग बहादुर लामाको बिशेष अतिथ्यतामा सम्पन्न अधिबेशनमा नेपाली काँग्रेसको माहधिबेशनमा जिल्लाको सभापती पदका प्रत्यासीहरु डा. प्रेमध्वज लामा बंशलाल तामाङसहित सभापती जङ्ग बहादुर लामा एकै ठाउँमा बसेर सिन्धु काँग्रेस एक ढिक्का रहेको कुनै गुुट उपगुट नरहेको दाबी गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस बागमती प्रदेस सह–महामन्त्री हरिशरण श्रेष्ठले नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा...

शिक्षक महासघको आन्दोल हडतालमा परिणत मेलम्ची नगरप्रमुखद्धारा माग पुरा गर्न सरकार सँग माग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनले मुलुकभरका शैक्षिक गतिविधि ठप्प भएको छ।     यसरी देसभरका शिक्षक हरु काठमाण्डौ जम्मा भएर बिभिन्न प्रकारले आन्दोलन गर्दै सरकार समक्ष आफ्ना माग पुरा गर्न दबाब दिदा समेत आन्दोलनरत शिक्षकहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको जनाउँदै चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन्, जसका कारण विद्यालयहरू पूर्णरूपमा बन्द भएका छन्।     यसरी शिक्षकहरु सबै आन्दोलीत हुँदा पनी सरकारले माग पुरा गर्ने तर्फ चासो नदेखाएको भन्दै नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सरकारलाइ तत्काल माग बारे सम्बोधन गर्न निर्देशन दिनु भएको छ । यसै गरी नेकपा माओबादी केन्द्र लगाएतका राजनिती दलहरुले समेत माग सम्बोधन गर्न माग गरिरहेका छन । यता सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकाका प्रमुख...

बाँसखर्कमा नेकपा एमालेको वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कमा नेकपा एमालेको वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम गरिएको छ । नेकपा एमाले पाँचपोखरी थाङपाल वडा नं १ कमिटी अध्यक्ष न्हेमा थिङको सभापतित्वमा, नेकपा एमालेका केन्द्रिय सदस्य सुवास कर्माचार्यको प्रमुख आतिथ्य र विशेष अथिती जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ ,नेताहरु टासी लामा ,पालिका कमिटि अध्यक्ष सुर्यमान दोङ , वडा अध्यक्ष आलोककुमार स्याङ्बो, सोमर बोम्जन लगायतको उपस्थितिमा वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम वडा नं १ मन्दिगाउँमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य सुवास कर्मचार्यले निति सिद्धान्तमा रहि पाटिलाई मजबुत बनाउन आग्रह गर्नुभयो । उहाँले गुट उपगुट त्यागेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।त्यस्तै जिल्ला अध्यक्ष श्रेष्ठले पाटिलाई भ्रम छरेर चारै तिरबाट आक्रमण...

भातृ संगठन जुरमुरायो जिल्लामा काँग्रेस बलियो र पहिलो हुन्छ ः सभापति लामा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक कांग्रेस सभापति जंग बहादुर लामाले सिन्धुपाल्चोकमा कांग्रेसलाई ८४ को चुनावमा पहिलो र बलियो बनाउन भातृ संघ संस्थाहरु जुर्मुराएको बताउनुभएको छ । बिहिवार नेपाल तामाङ संघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै सभापति लामाले २०८४ सालको चुनावमा जिल्लामा नेपाली काँग्रेसलाई पहिलो र बलियो पार्टी बनाउन भातृ संगठनहरु जुर्मुराएको देख्दा खुशी व्यक्त गर्नुभयो । सभापति लामाले तामाङ संघ जन्मेको १८ वर्षपछि बल्ल आज अधिवेशन भएकोले यो ऐतिहासिक दिन भएको बताउनुभयो । तर १८ वर्षसम्म संगठन नबन्दा नेतृत्व विकास नभएकोमा उनले दुखेसो समेत पोख्नुभयो । तामाङ संघको स्थापनले पार्टीलाई थप उचाईमा पुर्याउने विश्वासका साथ सिन्धुपाल्चोकमा काँंग्रेसलाई मजबुत बनाउन संगठनहरु सक्रिय भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङले देश विकास...

फस्टाउँदै योग साधना चौतारामा बृहत योग शिविर हुँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
 विदुर आचार्य, चौतारा, चैत १७गते । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा बृहत योग शिविर हुने भएको छ । पतञ्जली योग साधना केन्द्र चौताराको बार्षिकउत्सवको अवसरमा चैत १९–२१ मा चौतारामा शिविर हुने समितिले जानकारि दिएको छ । जिल्लाको प्रसिद्धस्थल आमा याङ्ग्रीमा  योग अभ्यास गरियो । मेलम्ची नगर योग समितिको आयोजनामा जिल्लाका साधकहरुले तीन हजार आठ सय मिटरको अग्लो स्थानमा साधना गरि योग साधनाको नवीन रुप प्रदान गरेका छन् । धार्मिक र पर्यटकले भरिने ठाउँमा योग साधकहरुले भरिदा आमा याङ्ग्रीको रौरनकता अलि फरक रह्यो । धार्मिक एवम पर्यटकीय रूपमा प्रसिद्ध आमा याङ्ग्रीमा भएको साधना र पदयात्राले स्वास्थ्य पर्यटनको प्रवद्र्धनको सुरुवात भएको छ । धार्मिक, मनोरञ्जन सँगै स्वास्थ्यको लागि समेत पर्यटनको संभावनालाई उजागर भएको हो । जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका साधकहरुले आमा याङ्ग्रीको शीरमा योग तथा ध्यान गरेका हुन् । ए...