सम्पर्क

राजनिती

प्रेस चौतारी नेपालको ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ विषयक विचार गोष्ठी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चौतारा, असोज ३ गते । संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।” प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याउँदै भन्नु...

गृह मन्त्रालययद्वारा सहायता कक्ष स्थापना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ । आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिनुभयो । “जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अन...

आज देशभर सार्वजनिक बिदा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” रासस...

तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजीः सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?

राजनिती, विचार
सुनील बाबु पन्त शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ दिनेछौं। काम बिगार्ने accountable  बन्नेछन् — उस्तै भए राजीनामा दिनुपर्नेछ । आज केही मन्त्रीहरूले तलबभत्ता नलिने घोषणा गरेर आफूलाई ’उच्च नैतिकता’ को प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालदेखि मिडियासम्म यसलाई ‘महान निर्णय’ भन्दै प्रशंसाको ओइरो लागेको छ। तर, यो कदमलाई गहिरिएर हेर्दा, के यो साँच्चिकै त्याग हो वा सुविधासम्पन्न नेताहरूले जनताको भावनामाथि खेलेर आफ्नो छवि निर्माण गर्ने राजनीतिक ’स्टन्ट’ मात्र हो? जब कोही सार्वजनिक पदधारीले सेवाभावले काम गर्छन् र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर आफ्नो पारिश्रमिक त्याग्ने निर्णय गर्छन्, त्यो आफैंमा सम्मानजनक हुन्छ। तर, जब यही निर्णयलाई ठूलो प्रचारबाजीको विषय बनाइन्छ,...

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

कृषि, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ३० भदौः नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुनुहुन्छ । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा...

माओवादी ,राप्रपाकाकार्यकता लगाएतले आगजनी गरे ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अधिराजकुमार बस्नेत नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजीको आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताउँनु भएको छ ।पूर्वमन्त्री बस्नेतले आइतबार आफ्नो बालकोटस्थित घरमा उपस्थित कार्यकर्ताहरुको भेटमा यस्तो बताउँनु भएको छ। उँहाले आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि चोखो नदेखिएको स्पष्ट पार्नु भयो । ’जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ। राप्रपा पनि चोखो देखिएको छैन। ‘सिसिटिभी फुटेजहरु बाहिर आइरहेका छन् भन्नु हुँदै ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ। मेरै घर तिनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ। रास्वपा पनि सक्रिय भएको देखिन्छ। स्वदेशीमात्र छैन। विदेशी पनि देखिएका छन् भन्नु भएको छ । भदौ २३ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित निवास र बालकोटस्थित निवास आगजानी भ...

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक...

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, २८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ । रासस...

राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायक...

बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको अपिल ।

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, समाचार
रामु गैर जेन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको शान्ति पूर्ण प्रदर्शन र त्यस पछिका विकसित घटनाक्रम प्रति सिजपको गम्भीर ध्यानाकर्षण भएको छ ।भ्रष्टाचार, बेथितिका विरुद्ध भएको आन्दोलनमा बालबालिका र युवा गरी ५१ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका ४ जना बालबालिकाको समेत मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ, भने १००० भन्दा बढि घाइते छन् । मृतक बालबालिका तथा युवाप्रति भावपूर्ण श्रदाञ्जली र यस दुखद घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क र प्रभावकारी उपचारको लागि सरकारसँग जोडदार माग गर्दछौँ ।प्रहरी दमन र मानव अधिकारको चरम उल्लंघन प्रदर्शनमा मानवीय क्षति त्यसपछिको परिस्थितिमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सरकारी तथा निजी घर उद्योग, समाचार गृह, संघसंस्थाका कार्यालय, विद्या...