जन्म दिनलाइ सत्कर्ममा जोडौ अभियानले तयार गरेको गीत नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले काठमाडौ बाट सार्वजनिक गर्दै सुन्न सुरुवात गर्नु भउको छ ।
अभियान्ता गोबन्दि चौलागाँइका अनुसार कार्यक्रमको संयोजन तराई बिकास तथा संचार केन्द्र नेपालले गरेको थियो। सो कार्यक्रममा भुमी ब्यबस्थापन तथा सहकारी मन्त्रालयका सचिब केदारनाथ शर्मा बन सचिब डा रामचन्द्र कडेल बन मन्त्रालय मातहतका सम्पुर्ण महानिर्देशक उपमहानिर्देशकहरु,वरिष्ठ सहसचिव इन्जिनियर चुडाराज ढकाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद बैठक महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद अर्याल वरिष्ठ संगीतकार शक्तिबल्लभ चलचित्र कलाकार सघका अध्यक्ष गितकार सघका अध्यक्ष प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत रेडियो नेपालका निवर्तमान कार्यकारी निर्देशक अमरध्वज लामा नेपाल टेलिभिजन निवर्तमान महाप्रबन्धक हालका बोर्ड अफ डाइरेक्टर फुलमान बल, वरिष्ठ पत्रकारहरु वरिष्ठ अधिबक्ता उद्दबप्रसाद चौलागाईं गीतका गायक रचना रिमाल र नवीन कार्की लगायत जापानका प्रतिनिधि सहितको ह्सहभागीता रहेको थियो ।सो अबशरमा अभियान्ता चौलागाँइले गीत सुनेर प्रतिक्रिया र सुझावको निम्ति सबै सग थप अपेक्षा राखेको छु भन्नु भयो ।
उँहाले जन्मदिन यो गीतमा टिकटक,फेसबुकमा आफ्नो फोटो राखेर मनाउन सकिन्छ। हरेक दिन बृक्ष रोपेर मनाइएका जन्मदिनका तस्बिर उपलब्ध भएमा वेबसाईटमा राखिने जानकारी गराउँनु भयो ।
