काठमाडौँ । सामाजिक रूपान्तरणका लागि नागरिक समाजले आफ्नो १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख आकर्षणमध्ये पत्रकारिता क्षेत्रबाट निरन्तर सक्रिय रहँदै आएका युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई प्रदान गरिएको विशेष नागरिक सम्मान–२०८२ रह्यो। सामाजिक उत्तरदायित्व, नागरिक सचेतना तथा वैचारिक रूपान्तरणमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आएका खड्कालाई संस्थाले विशेष व्यक्तित्वको रूपमा पहिचान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानामगर तथा नागरिक समाजका संस्थाका अध्यक्ष याम बहादुर जि.सी ,वरिष्ठ पदाधिकारीहरूले उनलाई दोसल्ला, सम्मानपत्र र अवार्ड हस्तान्तरण गर्दै उनको कामप्रति उच्च सम्मान व्यक्त गरेका थिए। खड्काले लामो समयदेखि समाजका मुद्दा, नागरिक अधिकार, सुशासन, शिक्षा र समुदायस्तरका चुनौतीहरूलाई तथ्य र प्रमाणसहित पत्रकारितामा उठाउँदै आएको उल्लेख गरे। उनीहरूको भनाइमा—खड्काको कलमले सदैव निष्पक्षता, बहुपक्षीय दृष्टिकोण र जनसरोकारलाई प्राथमिकता दिएको छ, जसले समाजमा सकारात्मक परिवर्तनका आवाजलाई सशक्त रूपमा अघि बढाएको छ।
नागरिक समाजका अध्यक्षले पत्रकार रामचन्द्र खड्काको योगदानबारे बोल्दै भने, “सम्पादक खड्का केवल पत्रकार मात्र होइनन्, उनी समुदायका विचार बोकेर बोल्ने एक जिम्मेवार नागरिक पनि हुन्। नागरिक चेतनाको जग बसाल्ने कार्यमा उनका प्रयास प्रशंसनीय र सम्मानयोग्य छन्।” सम्मान ग्रहणपछि आफू निकै उत्साहित र कृतज्ञ भएको बताउँदै सम्पादक खड्काले सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामा अझ जिम्मेवार रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो सम्मानले मेरो पेशागत यात्रामा थप ऊर्जा र प्रेरणा दिएको छ। सत्य, न्याय र जनताको पक्षमा निष्पक्ष पत्रकारिता गर्दै अघि बढ्ने मेरो संकल्प अझ बलियो बनेको छ।” कार्यक्रममा साहित्य, शिक्षा, सेवा, सिर्जना, सामाजिक अभियन्ता, उद्यमशीलता लगायत विविध क्षेत्रका योगदानकर्ताहरूलाई पनि अन्य श्रेणीका अवार्डहरू प्रदान गरिएको थियो। समारोहमा कलाकार, लेखक, पत्रकार, सामाजिक अभियन्ता तथा समुदायका प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रह्यो। नागरिक समाजले स्थापना देखिनै समाजमा आएको चुनौती, अन्याय, विभेद र अवरोधका विरुद्ध आवाज उठाउँदै आएको छ। विशेष नागरिक अवार्डले ती व्यक्तित्वहरूको योगदानलाई कदर गर्ने उद्देश्य बोकेको छ, जसले समाजमा सुसंस्कृति, सद्भाव र चेतनाको विकासमा उल्लेखनीय काम गरेका छन्।