सम्पर्क

पत्रकार महासंघ काठमाडौको रक्तदान कार्यक्रममा ५५जना

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ५५जनाले रक्त दान गर्नु भएको शाखाकी अध्यक्ष शोभा अर्यालले जानकारी दिनु भयो ।       उँहाका अनुसार कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, महासचिब राम प्रसाद दाहल लगाएत उपस्थित हुनुभएको थियो भने विविध कारणले ५५ जनाले मात्र रगतदान गर्न सक्नुभयो। छोटो सूचना हुँदाहुँदै पनि उत्साहपूर्वक सहभागी सहभागी भएको बताउँनु हुँदै अर्यालले उपस्थ्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ भन्नु भयो। यस अबशरमा छोटै समयमा पनी नेपाल पत्रकार महासघं काठमाण्डौले आयोजना गरेको रक्तदान कार्यक्रममा उपस्थित हुनुहुने एमाले नेतृ बिन्दा पाण्डे, प्रेस चौतारी अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर सचिव सुरेन्द्र चालिसे, पूर्व अध्यक्ष इश्वरी वाग्ले, युवराज बिद्रोही, निवर्तमान अध्यक्ष सूर्य सुवेदी तथा शाखाका पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्य रक्तदाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नु भयो । त्यसैगरी, शाखामा आइ हौसला प्रदान गर्नुहुने केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, एल.एस. लामा, पत्रकार महासंघ प्रदेश अध्यक्ष टेनिस रोका, प्रेस सेन्टर प्रदेश अध्यक्ष लोकेश लिम्बु, प्रेस युनियन काठमाडौकां अध्यक्ष महेश्वर गौतम, प्रेस सेन्टर काठमाण्डौका अध्यक्ष राममणि घिमिरे, प्रेसचौतारीकाठमाण्डौका अध्यक्ष लक्ष्मण शर्मा, समाजवादी प्रेस संगठन काठमाडौं अध्यक्ष भिम लामा, समाजवादी प्रेस संगठन ललितपुर अध्यक्ष निरोज तोलाङगे, पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की, पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, प्रेस सेन्टर भक्तपुरका अध्यक्ष मदन ढुगाँना लगायत सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु भन्नु भयो ।
कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने शाखाका पदाधिकारी तथा सदस्य सबैप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु भन्नु भयो । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाको आयोजनामा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासघं शाखाको कार्यलय भृकृटी मण्डपमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासघंले समय समयमा यस्ता काम हरु गर्देै आइरहेको छ ।