सम्पर्क

ब्रेकिङ न्युज २

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त  आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताउनुभयो । यस वर्ष रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ । यस्तै  टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आउनुभएको छ । बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलपूmल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उहाँले बताउनुभयो । ने...

फैलँदै हैजा, देशभर २५ जनामा पुष्टि

ब्रेकिङ न्युज २, समाचार
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । विशेष गरेर निरन्तर मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । हैजा हुँदा बान्ता हुने, लुज मोसन हुने, चौलानी पानी जस्तो पखाला हुने गर्छ । तर, पेट दुख...

घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ ः उद्योगमन्त्री

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कषि उद्योग पनिहो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।”उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका ल...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार नौ सय ३३ छात्र र एक लाख ९६ हजार नौ सय १४ छात्रागरी कूल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयक...

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाण्डौं विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेजले स्तनपान सप्ताह सुरु गरेको छ । नेपाल मेडिकल कलेजमा आजदेखि एक अवधिसम्म स्तनपान सम्बन्धी सचेतना दिइने भएको छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउनुपर्छ र बच्चा दुई वर्ष नपुग्दासम्म स्तनपान गराउनुपर्ने चिकित्सकहरू बताउँनुहुन्छ । कलेजका प्रबन्ध निर्देशक प्रा डा. आमा र बच्चा दुवैका लागि स्तनपानको महत्वबारे सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको जैनुद्दीन अन्सारीले जानकारी दिनुभयो । विश्व स्तनपान सप्ताहको उद्घाटन प्रा. डा. अन्सारीसँगै कलेज अस्पतालका निर्देशक प्रा. मोदनाथ मरहट्टा, स्त्री रोग तथा प्रसूति विभागका प्रमुख डा. रीता मरहठ्ठा, बाल रोग विभाग प्रमुख। सविना श्रेष्ठ, मेट्रन नवीना सिंह, विभाग प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । साप्ताहिक कार्यक्रममा नवजात शिशुलाई कुन आमाको दूध खुवाउनुपर्छ ? स्...

रासस र चाइना मिडिया ग्रुपबीच सहकार्यबारे छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, १६ साउन : राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । उहाँहरुबीच दुई देशबीचका समाचार संस्थाबीच तालिम आदनप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो । सो अवसरमा कार्यकारी अध्यक्ष झाले रासस र चाइना मिडिया ग्रुपबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । छ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चा...

राजधानी काठमाण्डौमा बाढीले बगाउँदा १को मृत्यु ३६को उद्धार

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
देसको राजधानी को मुटुमा रुहेको केही सानासाना खोलाहरु म आएको बाढीका कारण १ जनाको ज्यान गएको छ भने बाढीमा परेर २४जनाको उद्धार गरिएको छ । बाढीबाट के कती क्षेती भयो भन्ने बारेमा यकीा ानभए पनी ठुलै जनधनको क्षेती भएको अनुमान गरिएको छ । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको खबर प्राीत भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भइरहेको छ । यसै गरी काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरका...

धेरै राजस्व सङ्कलन हुने अरनिको राजमार्ग सञ्चालनमा बाह्रबिसे नगरपालिका

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका अन्र्तगत अरनिको राजमार्गको खाग्दल स्थित बेलिब्रिज पुल बगाएपछी बाह्रबिसे नगरपालिकाको सबै शक्ति सो स्थानको बाटो सुचारु गर्नेमा केन्द्रित रहेको देखिएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा पर्ने खाग्दलमा असार ३० गते राती आएको बाढीका कारण बेलिब्रिज बगाएको र अवरुद्ध रहेको सडक बाह्रबिसे नगरपालिकाको सक्रियतामा हिमपाइप राखेर अस्थायी रुपमा सञ्चालनमा आएको थियो । त्यसको दुई दिनपछि पुनः आएको बाढीका कारण हिमपाइपमा लेदो भरिएर थुनिन गइ विपरित स्थानमा सडक बगाएर पुनः सडक अवरुद्ध बनाएपछि नगरपालिकाले पुनः हिमपाइप राखेर अस्थायी रुपमा आवत जावतलाई सुचारु गरेको छ । पहिरो गएको स्थानमा सडक खुलाउनका लागी माननीय मोहन बहादुर बस्नेतले निर्देशन दिनु भएपछि नगरपालिकाले आफ्रनो सम्पुर्ण शक्ति प्रयोग गरी हिमपाइप राखेर सुचारु गरिएको बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालक...

नेत्रज्योती कृषी सहकारीको १२ औं साधरणसभा सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
नेत्रज्योती कृषी सहकारी संस्थाको १२आंै साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिरखाने कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरुमा पारदर्सीता र स्तरियता हुने बताउनु भएको छ । उहाँले सहकारीहरु नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनपर्ने बताउँनु भयो । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमीनहरु बाँझै रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउदै उत्पादनमुलक काममा सबै मिलेर अगाडी बढ्न पर्ने समेत बताउँनु भयो ।प्राय कृषकहरुले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भएपनि आफुले प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरु खाँचो टार्ने गरेको पाइएको धार...

दश लाख नगदसहित ९ जना जुवाडे पक्राउ

ब्रेकिङ न्युज २, समाचार
प्रहरीले जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका–५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ । यस्तै, काठमाडौँ–१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रष्ठ, बूढानीलकण्ठ–५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौँ–१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ–१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौँ–१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सोमबार राति काठमाडौँ–४ चुनद...