सम्पर्क

धेरै राजस्व सङ्कलन हुने अरनिको राजमार्ग सञ्चालनमा बाह्रबिसे नगरपालिका

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका अन्र्तगत अरनिको राजमार्गको खाग्दल स्थित बेलिब्रिज पुल बगाएपछी बाह्रबिसे नगरपालिकाको सबै शक्ति सो स्थानको बाटो सुचारु गर्नेमा केन्द्रित रहेको देखिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा पर्ने खाग्दलमा असार ३० गते राती आएको बाढीका कारण बेलिब्रिज बगाएको र अवरुद्ध रहेको सडक बाह्रबिसे नगरपालिकाको सक्रियतामा हिमपाइप राखेर अस्थायी रुपमा सञ्चालनमा आएको थियो । त्यसको दुई दिनपछि पुनः आएको बाढीका कारण हिमपाइपमा लेदो भरिएर थुनिन गइ विपरित स्थानमा सडक बगाएर पुनः सडक अवरुद्ध बनाएपछि नगरपालिकाले पुनः हिमपाइप राखेर अस्थायी रुपमा आवत जावतलाई सुचारु गरेको छ । पहिरो गएको स्थानमा सडक खुलाउनका लागी माननीय मोहन बहादुर बस्नेतले निर्देशन दिनु भएपछि नगरपालिकाले आफ्रनो सम्पुर्ण शक्ति प्रयोग गरी हिमपाइप राखेर सुचारु गरिएको बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउनु भयो । उँहाले लोकप्रिय नेत्रज्योती टेलिभिजनसँग कुरा गर्दै यस क्षेत्रबाट निर्वाचन जिताएर पठाएको माननीयले दुःख व्यक्त गर्न समेत नआएकोमा दुःख लागेको बताउनु भयो । उँहाले अर्काे क्षेत्रबाट निर्वाचन जितेको भएपनि माननीय मोहन बहादुर बस्नेतले बाटो बगाएकै भोलिपल्ट आएर हामीलाई काम गर्न हौसला प्रदान गर्नु भएको थियो भने साथमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत जिल्ला विपद व्यवस्थापन समितिका सबै आएर यँहाका पिडीतका साथमा रहेकामा केही राहतको महसुस भएको थियो । त्यसै बेला माननीय मोहन बहादुर बस्नेतले तत्काल गृहमन्त्री रमेश लेखकज्युलाई सम्पर्क राखी सडक सञ्चालनका लागी बेलिब्रिजको समेत व्यवस्था गरिदिन अनुरोध गर्नु भएको थियो । सो अनुरोधका कारण यो कार्यका लागी टेण्डर आह्वान भइ ठेक्का लागी सकेकोमा माननीय मोहन बहादुर बस्नेत र प्र.जि.अ.भुपेन्द्र थापा लगायतका तत्काल घटना स्थलमा आएर विपदमा सहयोग गर्नु हुने समुहहरुसँँग आभार प्रकट गर्दछु भन्नु भयो । नगर प्रमुख बस्नेतले अहिलेको मितिसम्म यो सडकलाई अस्थायी रुपमा सञ्चालन गर्न कुनै पनि स्थानीय सरकारबाट सहयोग नभएको र बाह्र्रबिसे नगरपालिकाको खर्चमा स्काइभेटर लगायत सबै शक्ति प्रयोग भइरहेको बताउनु भयो । उहाँले उक्त स्थानका नागरिकर्ला सुरक्षित स्थानमा जानका लागी नगरले गरेको अनुरोधलाई मानेको भएतापनि सबै सम्पत्ति घर व्यवसाय यसै स्थानमा भएकाले समस्या परेको बताउनु भयो । उँहाले बाह्रबिसे नगरपालिकाले बाढी पहिरोले समस्यामा पार्न सक्ने हरेक क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको र सबैलाई सतर्क रहन समेत अनुरोध गरेको बताउनु भयो ।