प्रतिनिधिसभाको मंगलबारको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतलाई सार्वजनिक लेखा समितिमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई पठाएपछी प्रतिनिधी सभाको बैठकले उक्त निर्णय गरेको हो । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बस्नेतलाई सार्वजनिक लेखा समिति सदस्यमा स्थानान्तरण गरिएको हो । त्यस्तै, कांग्रेस सांसद सीता गुरुङलाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट पूर्वाधार विकास समितिमा पठाइएको छ ।
सार्वजनिक लेखा समितिमा कांग्रेसबाट अर्जुन नर सिंह केसी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, मञ्जु खाँण, राजेन्द्र केसी, रामकृष्ण यादव, श्याम घिमिरे र संजय गौतम सदस्य रहनु भएको छ ।