बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री बहादुर लामाले ६४ मत पाउँनु भएको छ । मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।
मत सम्बन्धी प्रस्तावमा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो । त्यस्तै ३ सांसद तटस्थ बसेका थिए । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।