देसको राजधानी को मुटुमा रुहेको केही सानासाना खोलाहरु म आएको बाढीका कारण १ जनाको ज्यान गएको छ भने बाढीमा परेर २४जनाको उद्धार गरिएको छ । बाढीबाट के कती क्षेती भयो भन्ने बारेमा यकीा ानभए पनी ठुलै जनधनको क्षेती भएको अनुमान गरिएको छ । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको खबर प्राीत भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भइरहेको छ । यसै गरी काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिनुभयो । बाढीका कारण विभिन्न स्थान डुबानमा परेको र २४ जनाको उद्धा गरिएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट ३६ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी रहेका प्रहरीले जनाएको छ । (बिभिन्न सञ्चारमाध्यमबाट साभार फोटो )