सम्पर्क

ब्रेकिङ न्युज २

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ ः मन्त्री भण्डारी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक...

बिहानै बस दुर्घटना १४को मृत्यु १६को उद्धार

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।यो समाचार तैयार पार्दा सम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ ।घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको समाचार प्राप्त भएको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका प्रहरी नायब उपरिक्षक दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताउँनुभएको छ । उहाँका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना रहेका थिए । घटना स्थलमा नेपाली सेना सशस्त्र प्रहरी, जनपथ प्रहरी सहीत सुरक्षा निकायहरु खटीरहनु भएको छ भने नेपाली सेनाको हेलीकप्टर समेत उक्त स्थानमा परिचालीत भएको छ ।  ...

काँठे लोकभाकाका तारा सरोज लामिछाने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
चण्डीका नेपाली काँठे लोकभाकामा ख्याति कमाउनुभएका सरोज लामिछाने गायन र सङ्गीत सिर्जनामा मात्रै होइन अभिनयमा समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ । गायक तथा सङ्गीतकार लामिछाने आफ्नो गीतमा प्रायः आफैँ नै अभिनय गर्नुहुन्छ । ‘नरुनु है ए आमा’ गीतबाट गायन थाल्नुभएका सरोजका धानको बाला, बदाम खाको, सुन जस्तो पित्तल, हे मेरो सानु, कोठा भाडा तिर्दिनी मैले हो, मुसौरी, दुई खोली दोभान, खोली तरेको, मुड आयो लगायत दर्जनौँ गीत लोकप्रिय छन् । सामाजिक कथावस्तु, जनजीवनका व्यथा, निश्चल माया प्रेमकथा सरोजका गीतका विशेषता हुन् । त्यसैले पनि मेला, जात्रा, महोत्सव, पर्व, बिहे, व्रतबन्ध जस्ता उत्सवमा सरोजका गीतले स्थान पाउने गर्छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३, फटकशिलामा जन्मिनुभएका लामिछाने सानै देखि गायनमा रुची राख्नुहुन्थ्यो । स्कूले जीवनमासमेत उहाँलाई पढाईले भन्दा बढी गायन र अतिरिक्त क्रियाकलापले तान्थ्यो ।...

यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनमा

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अङ्क जोडेको थियो । पछिल्लो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । बङ्गलादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान एक एक गोल गरे । खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे । समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल यही भदौ ६ गते हु...

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चितवन चितवन स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।  पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बीमा बोर्डबाट रु एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो । इञ्चार्ज पौडेलका अनुसार आव २०७६÷७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर रु २३ करोड ८८ लाख चार सय ...

भाद्रकृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ४ भदौःप्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानी...

इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, ३ भदौः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउनसक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउनसक्ने भन्दै सचेत गराएको हो । “पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका-७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका-१०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । कार्यालयले आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकामा र कार्यालयको फोन नम्बर ९८५१२४३०८४, ०११६२०४७० मा सम्पर्क गर्न अनुरोध गरेको छ । यसैगरी नेपाली सेनाले पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुक्खा पहिरोक...

सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उहाँले भन्नुभयो, “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २०  घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थामेखोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।” उहाँले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गर्नुभयो ।  “हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ”, सांसद रोकायाले भन्नुभयो ।    सांसद रुक्मीणी कोइरालाले भन्नुभयो, “कोशी प्रदेशको सोलुखुम्बुमा आएको आकस्मिक पहिरोले थुप्रै घरमा क्षति तथा केह...

घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला

ब्रेकिङ न्युज २, समाचार
सन्जिब दुलाल /भक्तपुर घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका हुन् । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै यसको प्रवर्द्धनमा हामी एक जुट भएर लाग्नु पर्ने बताउनुभएको थियो । उहाँले नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्दै आइरहेको बताउँदै भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुः जुः...

ईसुगनले सुरु गर्यो विद्युतीय व्यापार सेवा

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
इलेक्ट्रोनिक सामानहरूको प्रमुख ई–कमर्स प्लेटफर्मका रूपमा ईसगुन डटकमले आफ्नो अनलाइन सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्रान्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू अनलाइन मार्फत उपलब्ध गराउने लक्ष्यसहित ईसगुनले सेवा सुरु गरेको हो ।आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै इलेक्ट्रोनिक्स सामाग्रीहरुमा नविनतम प्रविधिको खोजी गर्ने प्रविधी प्रेमीहरूको विश्वासनीय गन्तव्य बन्ने लक्ष्य राखेको छ । यस्तै ती उपभोक्ताको प्राथमिक गन्तव्य बन्ने लक्ष्य समेत राखेको कम्पनीले जानकारी दिएको छ ।‘हामी सरल, सहज र प्रभावकारी किनमेल अनुभव प्रदान गर्न र नेपालमा इलेक्ट्रोनिक सामानहरूको गुणस्तरमा उत्कृष्टता ल्याउन प्रतिबद्ध छौं,प्रमुख कार्यकारी अधिकृत बाडेले नेपालमा इलेक्ट्रोनिक्स सामाग्री तथा तीनका एक्सेसरिजको अनलाइन किनमेल अनुभवलाई परिष्कृत गर्न कम्पनी तयार रहेको बताउँनु भयो । ‘अस...