सम्पर्क

ब्रेकिङ न्युज २

दुना टपरी बुन्न सिक्दै गोल्मादेवीका विद्यार्थी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित रहेको गोल्मादेवी माध्यमिक विद्यालयले चासो दिन थालेका छन् । विद्यालयले पढाइसँगै परम्परागत सीप तथा दुना–टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयका छात्र छात्राहरुलाई हरेक शुक्रबार तालिम दिइएको विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित हामीले छात्राहरुलाई दुना, टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेका हौं । यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौँ । किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित भएकोले प्रत्येक साताको एक दिन हामीले ...

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रमको सुरु

ब्रेकिङ न्युज २, समाचार
 बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको योजना तथा निर्देशनमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रमको सुरु गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रहरी उपरीक्षक सन्तोष खड्काले दुर्घटना भनेका बाजा बजाएर यतिबेला हुन्छ भनेर हुने होइन यो अपर्झट, सवारी चालक तथा यात्रीहरुको साना तिना गल्तीले पनी हुन सक्छ , त्यसैले यस तर्फ सचेत रहनु सरोकारवालाहरुको सबैको दायित्व रहेकोले यसतर्फ ध्यान दिन सबैमा अनुरोध गर्नुभयो । उहाँले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम सबैको साझा कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पारेर दुर्घटना न्यूनीकरण गर्न सबैको साथ र सहयोगको आबश्यक हुने हँुदा सबैको सहयोगको लागी अनुरोध गर्दै चाडपर्व सभ्य भव्य र सुन्दर ...

संविधानको पुर्ण कार्यान्वयन नै अहिलेको आवश्यकता ः काँग्रेस नेता बिल बहादुर तामाङ

ब्रेकिङ न्युज २, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचीव महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले संविधानलाई पुर्ण रुपमा कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा चौतारा जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित कार्यक्रममा नेता तामाङले संविधान दिवसको शुभकामना दिदै जुन महान उदेश्यका साथ नेपाली जनताको भविष्यसँंग जोडिएको संविधान जारी भयो त्यो उदेश्य पूरा गर्नाको लागि संविधानको पुर्ण कार्यान्वयन हुन जरुरी रहेको उहाँले बताउनुभयो । अहिलेको संविधानले सबैलाई गोलबद्ध गराएको छ चाहे त्यो कर्मचारी होस् जनप्रतिनिधि होस् या राजनीतिक दलका प्रतिनिधिहरु त्यसैले पनि संविधानको क्रियाशिलता र कार्यान्वयन हुनु पर्ने जरुरी रहेको तामाङले बताउनुभयो । संविधान एउटा कृयाशिल दस्तवेज हो कतैकतै असन्तुष्टिको स्वरहरु पनि गुन्जिएको छ जनताको पक्षमा छैन भने त्यसलाई संशोेधन गर्न सबै लागि पर्नु पर्न...

अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम चौतारामा सुरु भएको छ । ऋद्यः न्यिदभि को आर्थिक सहयोग र सप्रोस नेपालको आयोजनामा अपाङ्गता भएका अगुवा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम बुधबारबाट सुरु भएको सप्रोस नेपालका कार्यकारि निर्दशक महेश्वर ढकालले जानकारी दिनुभयो । ३ दिनसम्म सञ्चालन हुने उक्त तालिममा चौतारा सागाचोकगढी नगरपालिकाको १४ वटै वडाबाट छनोटभई आएका १४ जना र बलेफि गाउँपालिकाका ८ वडाबाट छनोट भई आएका ८ जना गरि जम्मा २२ जना अपाङ्गता भएका ब्यक्ति तथा अपाङ्गताका अभिभावक अगुवा महिलाहरुको सहभागिता छ ।...

‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो । “खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भन्नुभयो, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ । युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ ...

बेपत्ता महिलाको हत्या, एक जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
केही दिनदेखी बेपत्ता भएको सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ मेलडाँडाकी ५७ बर्षिय धनमाया श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा प्रहरीले गुल्मी कालीगण्डकी गाउँपालिका–४ घर भई बलेफी गाउँपालिका–१ मा रहेको तल्लो बलेफी हाइड्रोपावरमा मजदुरीको काम गर्ने ३७ वर्षीय रनबहादुर गाहालाई पक्राउ गरेको हो । गत भदौ २६ गते उनी बेपत्ता रहेको भन्दै इलाका प्रहरी कार्यालय गोल्छे यलम्बु जलविरेमा मौखिक उजुरी आएको थियो । भदौ २७ गते मृतक धनमायाकी छोरीले निवेदन समेत दर्ता गराएकी थिइन् । प्रहरीले खोजतलास गर्दै जाने क्रममा घरदेखि उत्तरतर्फ गोरेटो बाटोदेखि ब्रम्हायणी खोलाको डिलसम्म चुडिएको अवस्थामा धागोसहित पोतेका दानाहरू ठाउँठाउँमा फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । घटना शंकास्पद देखिएपछि नजिकै काम गर्ने रनबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । घटनास्थलमा तालिम प्राप्त ...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।  मन्त्री भण्डारीले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।” भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उह...

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो । भारतीय आयल निगमबाट आईतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आईतबार  राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आईतबार  बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।” भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उ...

नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ । यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान तथा मतदान समाप्त भएपश्चात मतगणना गर्ने कार्यतालिका छ । यस्तै प्रदेश समितिको मनोनयन आगामी असोज ८ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प...