सम्पर्क

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रमको सुरु

 बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको योजना तथा निर्देशनमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रमको सुरु गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रहरी उपरीक्षक सन्तोष खड्काले दुर्घटना भनेका बाजा बजाएर यतिबेला हुन्छ भनेर हुने होइन यो अपर्झट, सवारी चालक तथा यात्रीहरुको साना तिना गल्तीले पनी हुन सक्छ , त्यसैले यस तर्फ सचेत रहनु सरोकारवालाहरुको सबैको दायित्व रहेकोले यसतर्फ ध्यान दिन सबैमा अनुरोध गर्नुभयो ।

उहाँले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम सबैको साझा कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पारेर दुर्घटना न्यूनीकरण गर्न सबैको साथ र सहयोगको आबश्यक हुने हँुदा सबैको सहयोगको लागी अनुरोध गर्दै चाडपर्व सभ्य भव्य र सुन्दर हुने अपेक्षासहित यो कार्यक्रम सञ्चालन गरिएको बताउँनु भयो । उहाँले चाडपर्व अवधिभरि सञ्चालन हुने कार्यक्रमा सवैको सक्रिय सहभागिताको लागी अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रमुख प्र.ब.ना.नी गोपीराम भण्डारीले वर्तमान अवस्थामा सडक यातायात हाम्रा लागी यात्राको प्रमुख मार्ग भएतापनि पछिल्ला दिनहरुमा सडक दुर्घटनाले दिन प्रतिदिन यात्रा चुनौतिपुर्ण बन्दै गई रहेको बताउँनु भयो । सवारी दुर्घटनाको कारण संसारभरमा २५ सेकेण्डमा १ जना ,१ दिनमा ३ हजार जना र प्रति बर्ष १३ लाख ५० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । यो संख्या प्रत्येक बर्ष तिब्र रुपले बढ्दै गई रहेको छ । संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार निकट भविष्यमै मानिसको मृत्यु हुने पाँचौ कारणमा सवारी दुर्घटना पर्ने बताई सकेको बताउँनु भयो । उहाँले नेपालमा पनि प्रति बर्ष सरदर २७०० मानिसहरुले सवारी दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ । यो तथ्याङ्कको आधारमा नेपालमा प्रति दिन करिव ७ जना मानिसहरुले सवारी दुर्घटनाको कारण ज्यान गुमाउन परेको बताउँनु भयो ।

कार्यक्रममा भण्डारीले सबैभन्दा बढी दुर्घटना मानवीय त्रुटी तथा कारणहरूबाट भई ठूलो मात्रामा जनधनको क्षति भएको पाइएको हुँदा सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई सुरक्षित सवारी सञ्चालन, सडक प्रयोग तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य अनुरुप यो कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमले चालकहरुलाई जिम्मेवार बनाई सवारी दुर्घटना प्रति सचेत रही दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको बताउँनु भयो । जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सिता थापार प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराइ को बिशेष अतिथ्यतामा चौताराको टुँडीखेलमा भएको कार्यक्रममा यातायाता ब्यवसायी तथा सवारी चालकहरु, सञ्चारकर्मी महीला सञ्जालका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।