नेपाली काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचीव महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले संविधानलाई पुर्ण रुपमा कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा चौतारा जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित कार्यक्रममा नेता तामाङले संविधान दिवसको शुभकामना दिदै जुन महान उदेश्यका साथ नेपाली जनताको भविष्यसँंग जोडिएको संविधान जारी भयो त्यो उदेश्य पूरा गर्नाको लागि संविधानको पुर्ण कार्यान्वयन हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
अहिलेको संविधानले सबैलाई गोलबद्ध गराएको छ चाहे त्यो कर्मचारी होस् जनप्रतिनिधि होस् या राजनीतिक दलका प्रतिनिधिहरु त्यसैले पनि संविधानको क्रियाशिलता र कार्यान्वयन हुनु पर्ने जरुरी रहेको तामाङले बताउनुभयो । संविधान एउटा कृयाशिल दस्तवेज हो कतैकतै असन्तुष्टिको स्वरहरु पनि गुन्जिएको छ जनताको पक्षमा छैन भने त्यसलाई संशोेधन गर्न सबै लागि पर्नु पर्ने तामाङले बताउनुभयो ।
