सम्पर्क

बिभिन्न कार्यक्रम गर्दै मनाईयो संविधान दिवस

     संबिधान दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रमहरु गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा क्षेत्र नं. १ का माननिय माधब सापकोटा सुबोधको प्रमुख अतिथ्यतामा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको बिषेश अतिथ्यतामा प्रभातफेरी र्याली सहित कोण सभा गरेर दिबस मनाएको छ । कार्यक्रममा नगर उपप्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, सरकारी गैर सरकारी कार्यालयका प्रतिनिधी, सामुदयक तथा निजी बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । यसैगरी संविधान दिवसको अबसरमा सुनकोशी गाउँपालिकाले पनि प्रभातफेरीको कार्यक्रम गरेको थियो भने मेलम्चीमा पनि दिप प्रज्वलन गर्दै सविंधान दिवस मनाईएको छ । मेलम्ची नगर उद्योग वाणिज्य सघं र लायन्स क्लव अफ मेलम्चीको संयुक्त आयोजनामा मेलम्चीमा दिवस मनाइएको हो । मेलम्ची नगर उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्कर धितालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान नगर प्रमुख डम्बर अर्याल, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, वडा नम्बर ११ का अध्यक्ष चन्द्र तामाङ, लायन्स क्लवका तारा बानियाँ, समाजसेवि बालकृष्ण देउजा, सिपि दुलाल, नगर उद्योग वाणिज्य सघंका विभिन्न प्रतिनिधिहरु, जनप्रतिनिधि, विभिन्न पाटीका प्रतिनिधि, सरोकारवालाहरु, प्रहरी लगायतको उपस्थितीमा कार्यक्रम गरिएको हो ।