सम्पर्क

ब्रेकिङ न्युज २

रामदेबीको नवर्निमित भवन नगरप्रमुख र सहयोगदाताद्धारा उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत चौतारा साागाचोकगढी नगरपालिका वडा नम्बर १० हर्रे स्थित नवर्निमित ६ कोठे भवनको उद्घाटन गरिएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा र भवन निर्माण सहयोगी अष्टियन नागरिक थियो फिश्चेद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको हो । सो भवन अष्टियन नागरिक थियो फिश्चेको ८० लाख सहयोगमा निर्माण गरिएको हो । उहाँ पर्वतारोही समेत रहनुभएको छ । उहाँले कैयन पर्वतहरुको आरोहण गरिसेको सुनाउनुभएको थियो । भवन उद्घाटनको औपचारिक समारोहका प्रमुख अतिथी नगरप्रमुख सापकोटाले भवन र्निर्माणार्थ आवश्यक पहलकदमी गर्ने चौतारा साँगाचोकगढी नगरपालिका १२ निवासी नविन पराजुली र डाक्टर सबिना पराजुलीको भूमिकाको पंशंसा गर्नुभएको थियो । उहाँले बुवा पदम पराजुली र आमा खिकादेबी नेपालको शिक्षित परिवारमा हुर्किएर शिक्षा क्षेत्रको बिकासमा लागि परे    कोमा खुसी व्यक्त गर्दै अझै उनिहरुलाई समाजसेवाप्रतिको भावना जागृत होस् भन्ने कामना गर्...

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६आँै मिनेटमा नेपालले बराबरी गोल फर्काय...

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा ः अध्यक्ष बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
१३ कार्तिक २०८१ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’ नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न स...

आजदेखि तिहार सुरु, काग तिहार मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार । आज तिहारको पहिलो दिन काग तिहार । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।    ...

मृत्यु दर्ताको प्रमाण सहीत कृयापुत्रीकोघरमा वडाअध्यक्ष तामाङ

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १०का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन शुरु गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १०का रेशम बहादुर खड्का,रेल बहादुर खड्का र रामशरण खड्काको माता को कार्तीक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको शुरुवात भएकोमा वडाअध्यक्षले राम्रोकामको शुरुवात गरेको बताउदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाइ वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गर्नु भयो । समेबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोही पनी नागरिकलाइ वडाबाट पाउँने सुबिधा सम्भव भए सम्म घरघ...

मृत्यु दर्ताको प्रमाणसहित क्रियापुत्रीको घरमा वडाअध्यक्ष

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्युदर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन सुरु गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का रेशम बहादुर खड्का, रेल बहादुर खड्का र रामशरण खड्काको माताको गत कार्तिक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको सुरुवात भएकोमा वडाअध्यक्षले राम्रो कामको सुरुवात गरेको बताउँदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाई वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गर्नुभयो । समबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोहिपनि नागरिकलाई वडाबाट पाउँने सुबिधा सम्भव भए...

मर्यादित भएर चाडपर्व मनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आईतबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो । जिप्रका सिन्धुपाल्चोकले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ । साथै देउसी भैलो लगायतका साँस्...

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो ।छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिन भयो । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्न नसक्ने ...

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रामपुर (पाल्पा), १२ कात्तिक : पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उहाँहरुको व्यस्त बढेको छ । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउनुहुन्छ । उहाँ रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुनुहुन्छ । हाल नौजना कामदार झिनिया उत्पादनमा खटिनुभएको छ । “चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहनुभएको छ । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आउनुभएको छ । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ तिहारका बेला धेर...

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

#, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
  जुम्ला, १२ कात्तिक : यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो । निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पु¥याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभयो । “स्वास्...