सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्युदर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन सुरु गर्नु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का रेशम बहादुर खड्का, रेल बहादुर खड्का र रामशरण खड्काको माताको गत कार्तिक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको सुरुवात भएकोमा वडाअध्यक्षले राम्रो कामको सुरुवात गरेको बताउँदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाई वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गर्नुभयो ।
समबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोहिपनि नागरिकलाई वडाबाट पाउँने सुबिधा सम्भव भएसम्म घरघरमा उपलब्ध गराउँनका लागी आफु लागि परेको र असाय, अपाङ्गता भएका ब्यक्ति जेष्ठ नागरिक परिचय पत्र नबिकरण र उहाँहरुले पाउँने सामाजिक सुरक्षा भत्ता समेत घरदैलो अभियान गरेर बितरण गरिरहेको बताउँनु भयो ।
उहाँले बिशेष गरी वडा सचिब पुनम भण्डारीले नागरिकको सुबिधाको लागी घरघरमा यसरी मृत्युदर्ता प्रमाण पत्र दिने विषयमा वातवरण मिलाइ दिनु भएपछी यो आफुले पहिलो पटक दिएको अब यसले निरन्तरता पाँउने बताउँनु भयो । नगरपालिकाले हरेक मृतक परिबारलाई रु पाँचहजार नगदका साथ भेटघाट कार्यक्रम सञ्चालन गरिरहँदा यसरी मृत्युदर्ता प्रमाण पत्र पनि साथमा दिँदा प्रत्यक्ष रुपमा सहयोग हुने भएकाले यो अभियान सुरु गर्नु भएकोमा वडाअध्यक्ष, सचिब लगायत वडा सरकारलाई बिशेष धन्यबाद दिनुभयो । सम्भवत यो कार्य सिन्धुपाल्चोक जिल्लामा नै पहिलो भएको छ ।
