शुभप्रभात सहकारीको साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
पृथ्वीजंग पाण्डे /बाह्रबिसे
बाह्रबिसे नगरपालिका– ९ बाह्रबिसे बजारको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । बाह्रबसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा उपप्रमुख मन्जु तामाङ विशेष अतिथि रहनुभएको थियो भने संस्थाको अध्यक्ष बिकाशकाजी श्रेष्ठको सभापतित्वमा केतु बोर्डिङको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बस्नेतले बाह्रबिसेको सबै वडामा सहकारीहरु मार्फत कृषिमा टेवा पुग्ने कार्यक्रम संचालन गर्ने बताउनु भयो । विशेष अतिथि मन्जु तामाङले सहकारीले विभिन्न स्थानका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर टेवा पुर्याएकोमा धन्यवाद दिदै संस्थाको लोकप्रियता भएर बाक्लो उपस्थित भएको र सामुदायिक विद्यालयलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । स्वागत मन्तव्य उपाध्यक्ष यादव दाहालले दिन...
