दर्शन सुनार / लोकप्रिय दैनिक/ दोहा,कतार
“पहिचान र समानताका लागि प्रतिबद्धता“ भन्ने मुल नाराका साथ सुनुवार सेवा समाज शाखा कतारले “१४ औ स्थापना दिवस“ भब्य रुपमा मनाएको छ ।
सुनुवार सेवा समाज कतारका अध्यक्ष शुभराज सुनुवारको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि एन मगरको प्रमुख आतिथ्यतामा वेलफेयर रेष्टुरेन्टको सभाहलमा स्थापना दिवस सगैं शुभकामना आदान–प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०२४ भब्य रुपमा मनाएको हो ।
बिधिगत रुपमा ब्यानर अनावरण दिप प्रज्वलन सहित स्थापना दिवसको अवसरमा केक काटेर समुद्धाट्न गरिएको कार्यक्रममा किराती गित वाचन गर्दै सुनुवारहरुको संस्कार अनुसार कार्यक्रमका सभापती,प्रमुख अतिथी,विशिष्ट अतिथीहरुलाई किराँती सम्मान फेटा लगाएर सम्मान गर्दै कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा मौलिक झाक्री नाच प्रस्तुति सगै स्थानीय कलाकारहरुको एकल नृत्य,गायन तथा अन्य बिविध बेजोड साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
सुनुवार सेवा समाज संघीय समिति केन्द्रका अध्यक्ष अमृत बहादुर सुनुवारले “१४ औ स्थापना दिवसको अवसरमा आफ्नो र परिवारको सपना पूरा गर्न प्रवासी भुमी कतारमा रहेर पनि आफ्नो देश आफ्नो धर्म, जातीयता पहिचान जोगाउन र हाम्रो संस्कृतिलाई प्रवद्धन गर्न सबैलाई आग्रह गर्नु भयो । उहाँले आजको आवश्यकता भनेको हाम्रो जातिय पहिचानको रक्षा गर्नु हाम्रो भाषा संस्कृति लाई जोगाईराख्नु हाम्रो दायित्व रहेको बताउदै विभिन्न स्थानमा छरिएर रहेका सुनुवारहरुलाई एकीकृत गर्दै सुनुवार सेवा समाज शाखा कतार कतारमा रहेका सुनुवारहरुको सुख दुखमा संस्थागत साथी बन्ने बिश्वास व्यक्त गर्दै कतारमा रहेका सुनुवार तथा गैर सुनुवार दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन समेत गर्नु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष केशव कार्कीले आफ्नो मन्तव्य बोल्दै सुनुवार सेवा समाज कतारले हामी नेपाली हाम्रो राष्ट्र राष्ट्रियता,हाम्रो चाडवाड,धर्म संस्कृति हाम्रो परम्परालाई जोगाईराखेको बताउदै प्रशंसा सहित धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।संस्थाको संस्थापक महासचीव तथा वर्तमान प्रमुख सल्लाहकार निर बहादुर सुनुवारलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी मगरले आफ्नो शुभकामना मन्तव्य बोल्दै समाजले स्थापना काल देखि नै सामाजिक सद्भाव आफ्नो जातियता,धर्म संस्कृति परम्परालाई जगेर्ना गर्दै आईरहेको र आगामी दिनमा पनि राम्रा कामहरु गर्दै जाने भन्ने कुरामा बिश्वास व्यक्त गर्नु भयो । समाजका प्रथम उपाध्यक्ष कमल बिक्रम सुनुवारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव गंगा बहादुर सुनुवारले गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै सभापती सुनुवारले “१४ औ स्थापना दिवस“ शुभकामना आदानप्रदान तथा बिविध साँस्कृतिक कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दोहाका स्थापित सम्पुर्ण संघ–संस्थाहरु सगं हातेमालो गरेर अगाडी बढ्ने समेत प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गर्नु भयो ।
शुभकामना आदान–प्रदान कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य समेत राख्नु भएको थियो । कार्यक्रममा आदिवासी जनजाती महासंघमा आवद्ध रहेका विभिन्न मातृं संस्थाका प्रमुख एवंम प्रतिनिधि सगैं सामाजिक ब्यक्तित्व,कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
