सम्पर्क

सुनसरीका तीन विद्यालयलाई सद्भाव युवा समुह कतारको शैक्षिक सामग्री सहयोग

दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार

कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखा हरुमा कार्यरत युवाहरुले नितान्त सामाजिक सदंभाव, मानव सेवा, तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले कतारमा सनः २००८ मा स्थापना भएको सदंभाव युवा समुह कतारले सुनसरी जिल्लामा तिन बिधालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालको संयुक्त आयोजनामा सुनसरी बराहा नगरपालिका वडा नं. ९ स्थित श्री हुल्कु आधारभूत प्राथमिक बिधालयमा ५० जना विद्यार्थीहरु, श्री जङगा (बहुभाषिक) आधारभूत बिधालयमा ४७ र श्री जलपा आधारभूत बिधालयमा ४५ गरी जम्मा १४२
जना अध्ययनरत विद्यार्थीहरुलाई सदभावं युवा समाज नेपालका पदाधिकारीहरु सगैं बराह नगरपालिकाका स्थानीय समाजसेवी एवं जनप्रतिनिधिको रोहबरमा झोला तथा शैक्षिक सामग्री सहयोग गरेको हो । समाजका अध्यक्ष बिजय गुरुङले लोकप्रियकर्मी सगंको सवांदमा सुनसरी जिल्ला बराह नगरपालिका वडां न ९ मा रहेका तीन बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई त्रिहत्तर हजार नेरु बराबरको झोला लगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउनु भयो । गुरुङले प्रत्येक बर्ष समाजले शिक्षाको निमित्त नेपालमा पिछडिएका समुदायका विपन्न परिवारका विद्यार्थीहरुलाई लाई थोरै भएपनि राहत पुर्याउने उद्धेश्यका साथ समाजले हरेक बर्ष सहयोग पठाउदै आएको बताउदै भबिस्यका कर्णधार साना–साना विद्यार्थी भाई–बहिनीहरुलाई उज्ज्वल भबिष्यको हार्दिक शुभकामना समेत व्यक्त गर्नु भयो । गुरुङले स्थापना काल देखि नै सामाजिक सद्भाव र सहयोगको निमित्त कतार तथा नेपालमा भई परि आउने समस्याहरुलाई सदैब प्राथमिकता राखेर काम गर्दै आईरहेको र यो बर्ष सानो सहयोग बोकेर सदंभाव युवा समुह सुनसरीको बराह नगरपालिकामा पुगेर बितरण गरियो गुरुङले भनु भयो ।
उहाँले आगामी दिनमा पनि थप राम्रा सामाजिक काम गर्ने योजना रहेको बताउदै अबको केही दिन पछि लगत्तै गुल्मी जिल्ला ईस्मा गाउपालिकामा श्री शिद्ध प्राबी बिधालयलाई लाई एक लाख बराबरको शैक्षिक सामग्री तथा नगद समेत सहयोग गर्ने तयारीमा रहेको बताउनु भयो ।
सामाजिक सदभाव र आपसी सहयोगको लागी स्थापित संस्था “सदभाव युवा समाज कतारले भुकम्प पिडित,बाढी पिडित,राष्ट्रिय आविस्कार केन्द्र,मानव सेवा आश्रम लगायत दुख पिडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।