नेत्र बहादुर बस्नेत, उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकले उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने मूल नाराका साथ दशौं उद्योग दिवस मनाएको छ । चौतारा होमस्टेमा भएको कार्यक्रममा नयाँ उद्योग दर्ता गर्ने उद्योगी लगाएतलाइ सम्मान गर्दे दिबश मनाएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने कार्यालय प्रमखु श्री त्रिपुरारी बख्रेलले गर्नुभएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयको तर्फबाट गत आ.व.२०८०÷८१ र चालु आ.व.को प्रथम चौमासिक प्रगति बारे जानकारी लिनु भएको थियो । उँहाका अनुसार जिल्लामा हालसम्म३७७४ उद्योग दर्ता र ३१८६ वाणिज्य दर्ता गरी कूल६८९० को संख्यामा उद्योग तथा वाणिज्य फर्महरु रहेको छ । कार्यक्रममा उल्लेखिय संख्यामा उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपालपत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले तालिम दिनु र लिनु ठुलो कुरा नभएको तर त्यसको उपलब्धी हुन पर्ने बताउँनु भयो । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका मानार्थ उपाध्यक्ष श्री उजार सिं तामाङ्गले पहीलो उत्पादन कसरी गर्ने भन्ने समस्या , त्यस पछी बजारको समस्या परेको भन्दै डडुवाको गोलभेडाले उचित मुल्यमा बजार नपाउँदा उद्योगीहरु समस्यामा परेको बताउँनु भयो । जिल्ला लघु उद्यमी संघका अध्यक्ष सानुमाया गुरुङ्गले लघु उद्योमीहरुको समस्याका बारेमा जानकारी गराउँदै सरकारले एक उद्योगीलाइ चारचार ठाँउमा कर तिर्ने निती बनाएकोमा समस्यामा परेको बताउँनु भयो । साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष हरिकुमार श्रेष्ठले उद्योगीहरुको समस्या पहीचना गरेर समधानका तर्फ लाग्न पर्ने सुझाब दिनु भयो । कार्यक्रममा जिल्लाभित्रबाट छनौट भएका २ महीला इद्योगी हरु एस्डी मोर्डन लप्सी क्याण्डी उद्योग चौ.सा.गढि न.पा. ८की प्रो. श्री सावित्री कार्की दंगाल र सोही न.पा. ११ सिम्ले रिभर भ्यू होटलकी प्रो.श्री तुलसा गिरीलाई दोसल्ला र माला लगाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राही फिगर टेलर्सका राजकुमार शाक्य, बाह्रविसे न.पा ९ र उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख शिक्षक प्रविन कुमार बस्नेतलाई नगद रु. ५०००।– र दोसल्ला र माला लगाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी न.पा. ५ नं. वडा अध्यक्ष मन्तव्य राख्नु हुँदै उद्योगीहरुको उत्पादनको बजारीकरणको जिम्मा नगरले सलने भन्दै चौतारासाँगाचोकगढी नगरपालिकामा अनुभबी हाकीम भएकाले पनी नगरमा उद्योग सञ्चालन गर्ने र त्यसको व्यवस्थापन तथा उत्पादनमा लाग्न सहज हुने बताउँनु भयो । उँहाले विगतका बर्षहरुमा पनि यसै गरी उद्योग दिवस मनाउने क्रममा न्युन ब्यक्तीहरुको उपस्थिति रहने गरेको भएता निी यस बर्ष यसरी भब्य रुपमा कार्यक्रमको आयोजना गर्नु भनेको खुट्टा हेर्दै मान्छेको शरिर हेरी रहनु नपर्ने भन्दै कार्यालय प्रमुख तथा कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा समापन गर्ने क्रममा बोल्नुहुँदै कार्यालय प्रमुख त्रिपुरारी बख्रेलबाट अपेक्षा गरिए भन्दा ज्यादा सहभागीहरुको उपस्थितिले आगामी दिनका आफुलाई यस जिल्लामा काम गर्ने थप हौसला प्रदान गरेको बताउनु भयो ।कार्यक्रम संचालन उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख शिक्षक प्रविन कुमार बस्नेतले गर्नुभएको थियो भने स्वागत उद्यम विकास सहजकर्ता हरि विश्वकर्माले गर्नुभएको थियो । १९९३ मंसिर ९ गते नेपालमा विधिवत उद्यमशीलता सुरुवात भएको दिनको सम्झनामा सरकारले २०७२ सालदेखि उद्योग दिवस मनाउँदै आएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले उद्योग दिवसको अवसरमा जिल्लाका २ उद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुने चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको लप्सी क्यान्डि उद्योगकी संचालक सावित्री कार्की दंगालले यो सम्मानले आफुलाइ अझ बढी मेहनत गर्न उर्जा प्राप्त भएको बताउँनु भयो । उाहाले हरेक सिजनमा ३५÷४० जनालाइ रोजगार दिइरहेको बताउँनु भयो ।
सम्मानीत सिम्ले रिभर भ्यु होटलका संचालक तुलसा गिरी ले आफु धेरै दुख पाएर होटल क्षेत्रमा प्रबेश गरेको बताउँदै आफुले ५÷६जनालाइ प्रत्यक्ष रोजगार दिएर सेवा दिएको बताउँदै आफुहरुकँहा सफा र राम्रो खाना नास्ताको व्यवस्था भएकाले नै सेवाग्रही ले बिश्वास गरेको बताउँनु भयो । उँहाले आफु यसरी सम्मानीत हुन पाउँदा ठुलो खुशी लागेको बताउँनु हँदै यो सम्मानले आफुलाइ अझ बढी प्रोत्साहन भएको बताउँनु भयो ।