सम्पर्क

ब्रेकिङ न्युज २

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् । त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपदमा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्...

श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य
क्षितिज विक्रम खनाल श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिकभावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरोसन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारणरह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु बनेकोअवस्थामा वसुदेव र देवकीका छोरा कृष्ण जन्मिए। जन्मेको क्षणदेखि नै उनको जीवनजोखिमपूर्ण र संघर्षमय थियो। कंशले देवकीका सबै सन्तानलाई मारिरहेको समयमा कृष्णलाईसुरक्षित राख्न वसुदेवले यमुना नदी पार गरेर गोकुल पुर्याए। त्यहाँ यशोदा र नन्दको स्नेह रमाया पाएर कृष्ण हुर्किए। यसरी उनको बाल्यकाल आम ग्वालबालसँग बित्यो।गोकुलमा हुर्किँदै गर्दा कृष्णको जीवन कथामा रमाइलोपन र गम्भीरता दुवै पाइन्छ।बाल्यकालमा उनले माखन चोरी गरेका, ग्वालिनीहरूसँग खेल्दै बाँसुरी बजाएका, साथीह...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ लाई सिल्वर मेडल

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्। श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सफल भएका हुन्। प्रतियोगितामा २८ देशका करिब ३८ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। कोच मुना मगरको मार्गदर्शनमा खेलेका ससाङले उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल गरे। जितपछि उनले थाइल्यान्डमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गौरवपूर्ण क्षण बाँडेका थिए। ससाङको यो उपलब्धिप्रति उनका परिवार, मेलम्ची नगरवासी तथा सम्पूर्ण नेपालीले खुसी व्यक्त गरेका छन्।...

राष्ट्रिय परिचयपत्र बनाउन बिहान ८ बजेदेखि सेवा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चण्डीका नेपाली राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा समय विस्तार गरेको छ । प्रशासनले यही साउन २७ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरूले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ः०० बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो । परिचयपत्र सेवाका लागि एकैपटक ठुलो सङ्ख्यामा सेवाग्राहीहरू कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढङ्गबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण हु...

अरनिको बसपार्कमा जी क्याफे एण्ड नेपाली खाना घर अध्यक्ष क्षेत्रीबाट उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) अरनिको बसपार्क प्रा.लि. परिसरमा जी क्याफे एण्ड नेपाली खाना घर बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन पूर्व अरनिको अध्यक्ष केदार खत्री क्षेत्रीले रिबन काटेर गर्नुभयो । उद्घाटन कार्यक्रममा यातायात व्यवसायी, विशिष्ट व्यक्तिहरु तथा अन्य अतिथिहरुको उपस्थितिमा अध्यक्ष खत्रीले नेपालमै बसेर व्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पूर्ण यात्रुहरुलाई सस्तो, गुणस्तरीय र अर्गानिक खाना–खाजाको सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्ट व्यवस्थापनमार्फत सेवा दिने प्रतिबद्धता जनाउनु भयो । अरनिको बसपार्कका प्रमुख कार्यकारी अधिकृत रबिन्द्र खड्काले पूर्व–पश्चिम यात्रु सेवामा अरनिको बसपार्कको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बसपार्क सञ्चालनपछि पूर्वतर्फ यात्रा गर्ने यात्रुहरुलाई सहज भएको र काठमाण्डौ उपत्यकाक...

फोनिज सिन्धुपाल्चोकको २६औं स्थापना दिवसमा ६६ जनाले गर्यो रक्तदान

ब्रेकिङ न्युज २, समाचार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकले २६औं स्थापना दिवसको अवसरमा मंगलबार सदरमुकाम चौतारा टुँडिखेल (फल्चा)मा रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए, जसमा चौतारा कारागारका ९ जना कैदीबन्दीको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको रक्त समूह परीक्षण पनि गरिएको थियो । प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सामुदायिक सेवामा फोनिजको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक ऐक्यबद्धता बढाउने बताउनुभयो । स्थापना दिवसको अवसरमा समाजसेवामा सक्रिय ‘सहयोगी हातहरू’ संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहआयोजनामा सम्पन्न भ...
इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ इर्खुमा सामुदायक बन दिबसशको अबशर पारेर बृक्षारोपण कार्यक्रम गरिएको छ । सामुदायक बन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकको आयोजनामा महासंघका पुर्ब केन्द्रीय तथा बागमती प्रदेसका पुर्ब सदस्यहरु , रानी पोखरी बन उपभोक्ता समुहका पदाधिकारी हरु डिभिजनल बन कार्यलय सिन्धुपाल्चोकका रमेश दुलाल , सबडिभीजनल बन कार्यलयका कमला श्रेष्ठ लगाएतको उपस्थितीमा बृक्षरोपण गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा सामुदायक जिल्ला बन उपभोक्ता महासंका अध्यक्ष जनक गिरीको अध्यक्षतामा बृक्ष रोपण गरिएको हो । २०७३साल श्रावण २५ गते देखी नेपालमा सामुदायक बन दिबश मनाइदै आएको र यस बर्ष पनी सोही अबशरमा यो दिबस मनाइएको हो । यस बर्ष भने २६गते इर्खु माध्यमिक बिद्यालयमा बातबरण संरक्षणका लागी समृद्ध बन व्यवस्थापनमा हा...

इन्द्रावती–८ ज्यामिरेमानेमा गोले वंशको पहिचानको प्रतीक शालिक अनावरण

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर गोले बोन्पो (गोले झाँक्री) को पूर्णकद शालिक अनावरण गरिएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनका लागि यस्ता संरचनाहरूको संरक्षण अपरिहार्य रहेको बताउनुभयो । अध्यक्ष नेपालले इन्द्रावतीमा ऐतिहासिक महत्त्व बोकेका थुप्रै स्थलहरू रहेको उल्लेख गर्दै, धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गाउँपालिकाको दायित्व भएको धारणा व्यक्त गनुभयो । उहाँले नवनिर्मित शालिकले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय समुदायको पनि समान जिम्मेवारी हुने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि गोली तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोलेले गोले बोन्पो (गोले झाँक्री) को गौरवशाली शालिक उद्घाटन गर्ने अवसर पाएकोमा...
सप्तापातल पोखरीमा फेरि डुल्ने छन् माछा, ढुङ्गेधारामा बग्ने छ पानी

सप्तापातल पोखरीमा फेरि डुल्ने छन् माछा, ढुङ्गेधारामा बग्ने छ पानी

ब्रेकिङ न्युज २, समाचार
ललितपुर महानगरपालिका-१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झथ्र्यो । अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुनर्जीवित गरिरहेको छ । जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो । यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो । वि.सं.२०६० मा विद्यालयले व्यावसायिक परियोजना अन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण सुरू गरेपछि स्थानीयहर...

जनैपूर्णिमामा सिन्धुपाल्चोकका तीर्थस्थलहरूमा धामी–झाँक्री मेलाको रौनक

ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार
जनैपूर्णिमाको बिहानैदेखि सिन्धुपाल्चोकका हिमाली र पहाडी गाउँहरूमा विशेष चहलपहल सुरु हुन्छ । पहाडी बाटो हुँदै, काँधमा डोको, हातमा पूजा सामग्री बोकेका भक्तजनहरू अगाडि बढिरहेका हुन्छन् । कोही पाँचपोखरीतर्फ, कोही भैरवकुण्ड वा स्याबल पोखरीतर्फ—सबैको लक्ष्य एउटै, वर्षमा एकपटक आउने यो पवित्र दिनमा स्नान, पूजा र मनोकामना पूर्ति । थाङपाल गाउँपालिका–३ मा अवस्थित पाँचपोखरी यो अवसरको मुख्य आकर्षण हो । समुद्री सतहदेखि करिब ४,१०० मिटर उचाइमा अवस्थित यी पाँचवटा पवित्र पोखरी—भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड—धार्मिक महत्त्वका साथै प्राकृतिक सौन्दर्यले पनि पर्यटकको मन जित्छन् । जनैपूर्णिमामा यहाँ हजारौँ भक्तजनको भीड लाग्छ, धामी–झाँक्रीको झाँकी, तामाङ समुदायको नाच र बाजागाजाले मेला अझ रौनकिलो हुन्छ । यस्तै, भोटेकोशी गाउँपालिकाको भैरवकुण्ड पनि जनैपूर्णिमामा जनआस्थाको केन्द्र बन...