सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ इर्खुमा सामुदायक बन दिबसशको अबशर पारेर बृक्षारोपण कार्यक्रम गरिएको छ । सामुदायक बन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकको आयोजनामा महासंघका पुर्ब केन्द्रीय तथा बागमती प्रदेसका पुर्ब सदस्यहरु , रानी पोखरी बन उपभोक्ता समुहका पदाधिकारी हरु डिभिजनल बन कार्यलय सिन्धुपाल्चोकका रमेश दुलाल , सबडिभीजनल बन कार्यलयका कमला श्रेष्ठ लगाएतको उपस्थितीमा बृक्षरोपण गरिएको हो ।
चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा सामुदायक जिल्ला बन उपभोक्ता महासंका अध्यक्ष जनक गिरीको अध्यक्षतामा बृक्ष रोपण गरिएको हो । २०७३साल श्रावण २५ गते देखी नेपालमा सामुदायक बन दिबश मनाइदै आएको र यस बर्ष पनी सोही अबशरमा यो दिबस मनाइएको हो । यस बर्ष भने २६गते इर्खु माध्यमिक बिद्यालयमा बातबरण संरक्षणका लागी समृद्ध बन व्यवस्थापनमा हाम्रो भुमिका बिषय बक्तृत्वकला प्रतियोगिता पनी हुने भएको अध्यक्ष गिरीले जानकारी दिनु भयो ।
