सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेकोे शिबीरमा ओखलढुङ्गा,कपिलबस्तु र दोलखा, सिन्धुपाल्चोक जिल्ला सहितका गरी १६५ जना सेवाग्रहीले सेवा लिएको समाचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालका अनुसार श्रावण २१ गते कोटेश्वरबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका ,जुगलगाँउपालिका र चौतारासाँगाचोकगढी नगरपालिका गरी ३७जना, २२गते कपनमा ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहीत जम्मा ३३ जनाले सेवा प्राप्त गरेका छन ।
यसै गरी २३र २४ गते मुलपानीमा भएको शिबीरमा कपिल बस्तु जिल्ला दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्ला गरी ९६जनाले सेवा लिएका छन । शिबीरमा जन्म दर्ता,नागरिकताको प्रमाण पत्र प्रतिलिपी , नँया नागरिकता सिफारिस , सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबीकरण,लगाएत वडा कार्यलयबाट प्रदान गरिने सेवा दिइएको थियो । वडा नं १०का निलबहादुर तामाङ (सुमन) वडा नं १४का अध्यक्ष उद्धब नेपालको बिशेष सक्रीयतामा भएको उक्त शिबीरबाट सेवा लिदै वडा नं १४का तेजबहादुर बस्नेतले वडाका मात्र नभइ देसैभरीका असाय अशक्तहरुका लागी गरेको यो शिबीरका कारण आफु धेरै खुशी भएको बताउनु हुँदै जन प्रतिनिधी भनेको वास्तबीकतामा देखाएकोमा धन्यबाद दिनु भयो ।
सेवा लिन आउँनु भएका सेवाग्रहीले वडा अध्यक्ष निलबहादुर तामाङ,उद्धब नेपाल दुबै वडाका वडा सचिब पुनम भण्डारीलगाएलाइ बिशेष धन्यबाद दिएका थिए । शिबीरमा उपस्थित भएर पुर्ब मन्त्री शेर बहादुर तामाङले वडा अध्यक्ष निलबहादुर तामाङ, उद्धब नेपाल ले शुरु गरेको यो अभियानले सिहंदरबारको अधिकार गाँउ गाँउमा भन्ने भनाइलाइ यथार्थमा ब्यबहारमा उतारेर देखाइदिनु भएकोमा बिशेष धन्यबाद दिनु हुँदै यस कार्यमा खट्ने सबै धन्यबादको पात्र रहेको बताउँनु भयो । कोटेश्वरको नेपाल यातायातस्वतन्त्र मजदुर सङ्गठनको कार्यलय ,कपनमा रियस्का मोटर ड्राइभिङ्ग सेण्टर मुलपानीमा र थ्रिएस मोटर ड्रइभिङ्ग सेण्टर बाट से प्रदान गरीएको थियो ।शिबीर सञ्चालनका लागी नवजागरण युवाक्लब डडुवाले सहजीकरण गरेको थियो ।
नेपाल यातायातस्वतन्त्र मजदुर सङ्गठन, रियस्का मोटर ड्राइभिङ्ग सेण्टर र थ्रिएस घक् मोटर ड्रइभिङ्ग सेण्टरले आफ्रनो कार्यहरको प्रवाह नगरी हामीलाइ स्थान र इन्टरनेट लगाएतका सामाग्रीहरु समेतमा सहजीकरण गरिदिनु भएकोमा दुवै वडा र सिङ्गो नगरपालिकाको तर्फबाट बिशेष धन्यबाद ब्यक्त गर्दै वडा सचिब पुनम भण्डारीले सेवाग्रहीलाइ सेवा दिनका लागी खटिनु हुने जन प्रतिनीधी ज्युहरु कर्मचारी बुद्ध तामाङ, जिबन भण्डारी लगाएत यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै प्रती आभार प्रकट गर्नु भएको छ । यस अघी चौसागढीनपा वडा नं १४ले अशक्तहरुको घरघरमा गएर सेवा दिएको थियो भने अरुहरुका लागी टोलटोलमा गएर सेवा दिइएको थियो । यसै गरी वडा नं १० ले यो सेवा सँगै सामाजिक सुरक्षा भत्ता समेत टोल टोलमा लगेर बितरण गरेको थियो । यो कार्यलाइ निरन्तरता दिने वडाअध्यक्ष उद्धब नेपाल र निलबहादुर तामाङले जानकारी दिनु भएको छ ।
