सम्पर्क

ब्रेकिङ न्युज २

४८ जना नेपालीहरूले कतारमा गरे रक्तदान

४८ जना नेपालीहरूले कतारमा गरे रक्तदान

बिदेश, ब्रेकिङ न्युज २, समाचार
 दर्शन सुनार/लोकप्रिय दैनिक, कतार दलित एकता सञ्जाल नेपाल कतारको  आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परियार मित्रता समाज र विश्वकर्मा सेवा समाज कतारको सह- आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना नेपालीहरूले शुक्रवार कतारको ब्लड डोनेसन सेन्टरमा रक्तदान गरेका छन् । " रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उपस्थित भएर रक्तदाताहरू लाई सजांलका अध्यक्ष प्रकाश विश्वकर्माले हार्दिक आभार व्यक्त गर्नुभयो । मानवीय तथा परोपकारी" कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरू लाई सम्मान पत्र प्रदान प्रदान गरिएको थियो । बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।...

कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, साहित्य
-क्षितिज विक्रम खनाल मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ। त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ। वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रूपमा मात्र नभई, सम्पूर्ण अस्तित्वको आधार, जीवनको पहिलो गुरु र साक्षात् देवताको रूपमा पूजा गरिन्छ। पिताको अतुलनीय महत्त्वलाई सम्मान गर्न, उहाँको त्याग र समर्पण सम्झन, र सन्तानले पितृ ऋणबाट मुक्त हुनका लागि विभिन्न पर्व तथा अनुष्ठानहरूको व्यवस्था गरिएको छ। तीमध्ये कुशे औंसी, जसलाई गोकर्ण औंसी वा पितृ औंसी पनि भनिन्छ, अतः यो एक प्रमुख पर्व हो जसले पिता र सन्तानबीचको पवित्र सम्बन्धलाई पुनर्जीवित गर्छ। कुशे औंसीलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण पर्वका रूपमा हेरिन्छ। सनातन धर्मका मूल ग्रन्थहरू, जस...
संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिन्धपाल्चोककै पहीलो मेलम्ची नगरपालिका

संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिन्धपाल्चोककै पहीलो मेलम्ची नगरपालिका

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य मेलम्ची नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन -LiSA_ मा ८८.२५ अङ्क प्राप्त गरि प्रथम भएको छ । सघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय बाट शुक्रबार प्रकाशन गरिएको नतीजा अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहहरू मध्य मेलम्ची नगरपालिका प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । यो सँगै इन्द्रावती गाँउपालिकाले ८५.७५ल्याएर दोश्रो स्थानमा परेको छ भने जुगलगाँउपालिकाले ८५.००ल्याएर तेश्रो स्थानमा परेको छ । यसै गरी बलेफी गाँउपालिकाले ८४.७५ल्याइ चौथो स्थान हासिल गरेको छ । यसै गरी चौतारासाँगाचोकगढी नगरपमालिकाले ८२.७५पाचौै स्थान ओगटेको छ भने भोटेकोशी गाँउपालिकाले ७९.७५ल्याइ छैठौ स्थानमा पुगेको छ । यसै गरी त्रिपुरासुन्दरी गाँउपालिकाले ७९.००ल्याइ सातौ स्थानमा र सुनकोशी गाँउपालिकाले ७८.५०ल्याएर आठौ स्थानमा परेको छ । यसै गरी लिसखुपाखर गाँउपालिक...

शुभकामना सहकारीले गर्‍यो तीज विशेष कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
 महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेलम्ची–११ ले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । मेलम्ची कम्युनिटी अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहकारीका विभिन्न समूह तथा सदस्यहरूले प्रतियोगात्मक नृत्य, गीत तथा सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जनसँगै सन्देशमूलक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा चेलीहरूको बेदना, महिला हिंसा न्यूनीकरण र सहकारीका सन्देशलाई प्रस्तुति मार्फत उजागर गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, निवर्तमान उपप्रमुख भगवती नेपाल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका पूर्व उपाध्यक्ष रामकृष्ण चालिसेसहितका अतिथिहरूले तीज पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वलाई विकृति–विसंगति मुक्त बनाएर संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सहकारीलाई निरन्तर सदस्यहर...

२ दिने शिक्षक तालिम मेलम्चीमा सुरु

ब्रेकिङ न्युज २, समाचार
एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सिप विकाससम्बन्धी शिक्षकका लागि दुई दिने क्षमता विकास तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपालको सहयोग र साझेदारी नेपालले तालिम आयोजना गरेको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले सिकेका कुरा व्यवहारमा उतार्न शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकको क्षमताविकासका लागि नगरपालिका निरन्तर तालिम आयोजना गरिरहेको उल्लेख गर्दै “गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक पेशाप्रति इमानदार हुनु जरुरी छ, इमान्दार भएर मात्र राम्रो नतिजा आउँछ” भन्दै पेशाप्रति समर्पित हुन आग्रह गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले सहभागी शिक्षकलाई साइबर क्राइम सम्बन्धी जानकारी दिनुभयो । मेलम्चीका ६० जना शिक्षक तालिममा सहभागी रहेका कार्यक्रम अधिकृत पुष्पा भण्डारील...

“रमाइलो तिज तथा सचेतना” कार्यक्रमको तयारी पुरा, अतिथि कलाकार टीका र रेजिना कतारमा

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर तथा चाडबाडहरूमा कतारमा रहेका नेपाली दिदीबहिनीहरू लाई अभिभावकत्व प्रदान गर्दै आइरहेको नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” तयारी अन्तिम चरणमा पुगेको समाजले जानकारी दिएको छ । नेपाली महिला समाजले हरेक वर्ष आयोजना गर्दै आइरहेको रमाइलो तिज यस वर्ष पनि धुमघामका साथ कतारमा मनाउने तयारी भइरहेको कार्यक्रममा आफ्नो सागिंतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायिका टीका पुन र रेजिना परियार बुधवार राती कतार आइपुगेका छन् । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरूलाई भव्य स्वागत गर्नको लागी समाजकी अध्यक्ष माया केसी,कार्यक्रम संयोजक सन्ध्या अर्याल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठ, पत्रकार तिलु शर्मा पौडेल, सुजन धिताल लगायत...

इकु पहिरोमा सडकको ट्याक खुल्दा आशीक रुपमा यातायात सन्चालन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको कोदारी स्थित इकु पहिरोमा आज बेलुकाबाट सामन्य रुपमा यातायातका साधनहरु सन्चालनमा आएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुदाराज बस्नेतले दिनु भएको जानकारी अनुसार आज साँझ देखी केही सवारी साधन स१ञ्चालनमा आएको भएता पनी रात परेका कारण माल बाहक टेलर हरुलाइ सञ्चालन गर्न नदीएको र भोलिबाट थप मर्मत गरि सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने भएको छ । बिगत १८÷१९ दिन देखि इकु पहिरोको कारण बन्द रहेको सडक खुलाउन हिजो देखि ट्याक खुले पनि आज साझ बाट सन्चालनमा आएको होसडक बन्द भए देखि नै अध्यक्ष बस्नेत लागि पर्नु भएको थियो। भने हिजो ट्याक खुलाउन सफल भएको थियो। सडक खुलाउन सडक डिभिजनले कार्यलय चरिकोट लगाएत सरोकारवाला निकायको सहयोग समन्वय रहेको थियो । इकु पहिरोले चिनिया सामान तातो पानी भन्सार सम्मा ल्याउन न...

जय पाल्चोकी यातायात प्रा.लिद्वारा संचालित इभि भ्यानको औपचारिक उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
श्री जय पाल्चोकी यातायात प्रा.लि.को औपचारिक उद्घाटन सम्पन्न भएको छ। आज मेलम्चीमा आयोजित कार्यक्रमबिच उक्त यातायात प्रालिद्वारा संचालित इभि भ्यानको औपचारिक सुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस भेगका नागरिकले सहज र सुरक्षित यातायात सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यातायात कम्पनी नाफामुखी भए पनि सेवा र सुविधामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। नगर उपप्रमुख उमा प्रधानले इभि गाडी वातावरणमैत्री भएको बताउँदै यसले पेट्रोल–डिजेल गाडीको प्रयोग घटाउने, जलविद्युतको सदुपयोग गर्ने र प्रदूषण नियन्त्रणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वदेशमै अवसर पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सफलताको शुभकामना दिनुभयो। समाजसेवी बालकृष्ण देउजाले यात्रुलाई सक्दो सुविधा उ...

बालबालिकामा लगानी बढाउन सरोकारवालाको जोड

ब्रेकिङ न्युज २, समाचार
बाल अधिकारको संरक्षण र संवद्र्धनमा ध्यान दिन सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँमा सम्पन्न भएको बाल अधिकार सिकाइ सम्मेलनमा सरोकारवालाहरूले त्यस्तो जोड दिएका हुन् । मुलुकभरका ५० भन्दा बढी जिल्लाबाट काठमाडौँ आएका बालअधिकार अभियन्ताहरूले राज्यले बालबालिकामा पर्याप्त लगानी पु¥याउन नसकेको बताउनुभयो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको बाल अधिकार सिकाइ सम्मेलनमा बाल अधिकारका लागि संसदीय मञ्चका सदस्य सांसद हर्कमाया विश्वकर्माले संसद्मा बालविवाह अन्त्य, बालबालिकामा लगानी वृद्धि, नीतिगत र कानुनी प्रष्टता र कार्यान्वयनमा आवाज उठाएको बताउनुभयो । सातै प्रदेशमा बाल अधिकारका लागि प्रदेश संसदीय मञ्च मार्फत संघ र प्रदेशको सांसदले बालबालिकाका विषय उठाउँदै आएको बताउँदै उहाँले बालबालिकामा थप ध्यान जान जरुरी भएको बताउनुभएको थियो । प्रतिनिधि सभाका सदस्य ईश्वरी घर्ती मगरले बा...

चौतारामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केँद्रीयअध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झा रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका पुर्ब जिल्ला अध्यक्ष रिषीराम पौड्याल लगाएत प्रशक्षिकको भुमिकामा रहनु भएको थियो । नेपाल पत्रकार महासंघ लसिन्धुपाल्चोकका अध्यउक्ष ध्रुब दङ्गालको अध्यक्षतामा सञ्चार कर्मीहरुकलाइ बालबालिका संवेदनशीलसम्बन्धी तालिम दिइएको हो । प्रशिक्षण कार्यक्रममा पुर्ब केनिद्रय अध्यक्ष झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता समबन्धी विशेष ध्यान दिदै सत्य र तथ्यमा आधारित र संवेदनशील समाचार लेख्न पर्ने बताउँनु भयो । तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, ब...