सम्पर्क

४८ जना नेपालीहरूले कतारमा गरे रक्तदान

 दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
दलित एकता सञ्जाल नेपाल कतारको  आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परियार मित्रता समाज र विश्वकर्मा सेवा समाज कतारको सह- आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना नेपालीहरूले शुक्रवार कतारको ब्लड डोनेसन सेन्टरमा रक्तदान गरेका छन् । “
रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उपस्थित भएर रक्तदाताहरू लाई सजांलका अध्यक्ष प्रकाश विश्वकर्माले हार्दिक आभार व्यक्त गर्नुभयो । मानवीय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरू लाई सम्मान पत्र प्रदान प्रदान गरिएको थियो ।
बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।