सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य मेलम्ची नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन -LiSA_ मा ८८.२५ अङ्क प्राप्त गरि प्रथम भएको छ । सघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय बाट शुक्रबार प्रकाशन गरिएको नतीजा अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहहरू मध्य मेलम्ची नगरपालिका प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । यो सँगै इन्द्रावती गाँउपालिकाले ८५.७५ल्याएर दोश्रो स्थानमा परेको छ भने जुगलगाँउपालिकाले ८५.००ल्याएर तेश्रो स्थानमा परेको छ ।
यसै गरी बलेफी गाँउपालिकाले ८४.७५ल्याइ चौथो स्थान हासिल गरेको छ । यसै गरी चौतारासाँगाचोकगढी नगरपमालिकाले ८२.७५पाचौै स्थान ओगटेको छ भने भोटेकोशी गाँउपालिकाले ७९.७५ल्याइ छैठौ स्थानमा पुगेको छ । यसै गरी त्रिपुरासुन्दरी गाँउपालिकाले ७९.००ल्याइ सातौ स्थानमा र सुनकोशी गाँउपालिकाले ७८.५०ल्याएर आठौ स्थानमा परेको छ । यसै गरी लिसखुपाखर गाँउपालिका ७५.५० प्राप्त गरी नबौ स्थानमा परेको छ भने बाह्रबिसे नगरपालिकाले ७५.२५प्राप्त गरी दसौ स्थानमा परेको छ पाँचपोखरी थाम्पाल गाँउपालिकाले ७२.२५ प्राप्त गरेर एघारौ स्थानमा परेको छ भने हेलम्बु गाँउपालिका मुल्याङ्कनमा नै परेको छैन ७५३ मध्य ७३२ वटा पालिका मुल्याङ्कनमा परेको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङ्गले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन -LiSA_ मा ८८.२५ अङ्क प्राप्त गरि प्रथम हुन का लागी नगरपालिकाका कर्मचारी कार्यपालिकाका सदस्य,वडाका पदाधिकारीहरु स्थानीय नागरिकहरु सबैको साथ र सहयोग रहेकाले सबैलाइ बिशेष धन्यबाद दिनु भयो ।Notices-20250822182123130 (1)नतिजा हेर्न यँहा थिच्नुहोस
