लोकप्रियसमाचार राष्टियदैनिक मेलम्ची,
शिक्षकले जे सिकायो बिद्यार्थीले त्यही सिक्ने हो सस्कार सस्कृती , बिज्ञानका बारेमा ब्यवहारीक र बैज्ञानीक, अनी प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । हरेक नागरिकको भबष्यिको बाटो बनाइदिने , शिक्षकहरुलाइ अझ ब्यवस्थित र गुणस्तरिय शिक्षाका लागी अगाडी बढ्दा आबश्यक पर्ने सहयोग गर्न मेलम्ची नगरपालिका तैयार रहेकोले अझ बढी गुणस्तरिय शिक्षा सिकाइमा लाग्न अनुरोध गर्नु भयो । उँहाले शिक्षा सिकाइको उपलब्धी भनेको आजको भोली देखीने होइन समय लाग्छ भन्नु हुँदै समयको समेत ख्याल गरेर अगाढी बढ्ना अनुरोध गर्नु भयो । नगर प्रमुख तामाङले शिक्षक पेशा मर्यादित रहेका कारण मर्यदाको पनी ख्याल राखेर अझ बढी ईमान्दार हुनुपर्ने आजवको आबश्यकता भएको बताउँनु भयो । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपाल र साझेदारी नेपालको सहयोगमा दुई दिने शिक्षक क्षमता विकास तालिम को समापन गर्दे नगर प्रमुख तामाङले यस्तो बताउँनु भएको हो । नगर प्रमुख तामाङले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक तालिममा सिकिएका विषयलाई व्यवहारमा लागू गर्न मद्धत पुग्ने भएकाले ब्यजहारमा लागु गर्न शिक्षक हरुलाई आग्रह पनि गर्नुभयो।साझेदारी नेपालका अध्यक्ष मानबहादुर भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा मेलम्चीका श्रोत विज्ञ योगबहादुर थापाले तालिमले एकीकृत पाठ्यक्रम कार्यान्वयन र मूल्यांकन प्रक्रियालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।दुई दिने तालिममा मेलम्ची नगरपालिकाभित्रका विभिन्न विद्यालयका ६० जना शिक्षक तथा सरोकारवालाकोसहभागिता रहेको थियो।इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले सहभागी शिक्षकलाई साइबर क्राइम सम्बन्धी जानकारी दिनु भएको थियो ।कार्यक्रममा चाइल्ड रेस्क्यु नेपालका चेतनाथ पन्थी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव एवम् रेडियो मेलम्चीको स्टेशनमेनेजर देवराज सुवेदी ,आयोजक संस्थाका कोषाध्यक्ष दिलबहादुर देउजा, सदस्य सुरेन्द्र सुनार, जितबहादुर बस्नेत, सल्लाहकार पुरुषोतम घोरासैनी लगायतको उपस्थिति रहेको थियो ।नगरपालिकाका श्रोत विज्ञ योगबहादुर थापा, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार खतिवडा, प्रशिक्षक श्री जनजागृति माविका प्रधानाध्यापक इन्द्रकुमार तामाङलगायतले सहजीकरण गर्नु भएको कार्यक्रम संस्थाका सचिव कृष्ण थापाले सञ्चालन गर्नु भएको थियो ।
